काठमाडौँ, फागुन ५
नेपाल टेलिकमले आफ्नो विभिन्न सेवाहरू बारे जानकारी दिन र गुनासो सुन्नका लागि ‘एनटी च्याटबोट’ सुरु गरेको छ ।
उक्त च्याटबोटमा टेलिकमका विभिन्न सेवाहरू तथा सेवा प्रदान गर्ने विधिहरूका बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रूपमा जानकारी प्राप्त गर्न सकीने नेपाल टेलिकमले जनाएको छ । कम्पनीको वेबसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखा पर्ने र त्यहीँबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सकिने छ ।