विराटनगर, फागुन ६
कोरोना भाइरस विरुद्धको खोप फागुन तेस्रो साताबाट ज्येष्ठ नागरिकलाई लगाउने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन तेस्रो साताबाट उक्त खोप ज्येष्ठ नागरिकलाइ लगाउने तयारी भएको हो । खोप लगाउन लाई ६० वर्षमाथिका नेपाली नागरिक हुनुपर्ने छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा स्वास्थकर्मी ,सफाईकर्मी ,सुरक्षाकर्मी ,पत्रकार पछि ज्येष्ठ नागरिकलाई लगाउने तयारी थालिएको हो ।