विराटनगर , फागुन १०
विराटनगरको कन्चनबारीमा सञ्चालनमा रहेकोे रोयल मार्बलले मनी रिसिभ बिल जारी गरी व्यापक भ्याट छली गर्ने गरेको पाइएको छ । उक्त कम्पनीले मनी रिसिभका भरमा मार्बल र टायल्स बिक्री गर्ने र बिक्री भएको समानलाई हिसाब मिलानका नाममा न्यून भ्याटबिल प्रयोग गरी सरकारलाई राजस्व ठगी गर्ने गरेको पाइएको छ ।
रोयल मार्बलको सञ्चालकमा राजेशकुमार अग्रवाल, दिपेश तायल र अमित सिंघल रहेका छन् । उनीहरुले सो फर्म आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७५ सालमा ६०६६१२८८१ नम्बरको भ्याटमा दर्ता गरी मार्बल र टायल्सको काम गर्दै आएको छन् ।
त्यसबाहेक पनि सो फर्मले विभिन्न फुजल खर्च देखाएर भ्याट मिलन गर्ने काम गरिरहेको स्रोतको भनाई छ । बिक्रि कम देखाएपछि उक्त फर्मले आयकर बापत राज्यलाई तिर्नुपर्ने राजस्व समेत घटौति भईरहेको छ । यसरी राजस्व भ्याट र आयकर छलेर उक्त फर्मले वर्षेनी करौडौं घपला गर्दै आएको स्रोत बताउँछ ।
यस अघि पनी राजस्व छलेको विवादमा पटक पटक मुछिएका यस मार्बल कम्पनीका संचलाकहरुलाई राज्यले ठाेस दण्ड जरिमाना गर्न नसक्दा उनीहरुकाे राजस्व छल्ने मनाेबल झनै बढ्दै गएकाे छ ।