०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

सन्थाल बस्ति शिलान्यास गर्न प्रधानमन्त्री उर्लाबारी आउदै

Logo
प्रकाशित मंगलबार, फाल्गुण १८, २०७७

विराटनगर,१८ फागुन
मोरङको उर्लाबारीमा सन्थालहरुको लागी निर्माण गरिने एकिकृृत बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री केपी ओली आज आउने भएका छन् ।
विपन्न सन्धाल परिवारका लागी उर्लाबारीमा एक सय ३६ वटा घर निर्माण गरिने भएको हो । बस्ति निर्माणको लागी करिब ३० करोड रुपैयाँको लाग्ने अनुमान गरिएको छ ।
बस्तीको लागि आवश्यक पर्ने सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाई, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलगायतको निर्माण गर्ने गरी गुरुयोजना तयार गरिएको छ ।
सन्थालका लागी उर्लाबारी नगरपालिका–८ र ९ को सीमामा रहेको रातोहोली खोल्सीको छेउमा एकीकृत बस्ती बन्ने भएको हो । शिलान्यास पछि शहरी विकास मन्त्रालयको जनता आवास कार्यक्रममार्फत बस्ती निर्माण हुने उर्लाबारी–८ का वडा अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए ।
रातोहोलीको उत्तर–दक्षिण फैलिएको सात सय ८० मिटर लम्बाईभित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती विकास हुने छ । प्रत्येक परिवारका लागि दुई कोठा, एक÷एक भान्सा र शौचालय भएको घर बन्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]