०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

नक्कली मोविल बनाउने विराटनगरको एक कारखानामा छापा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

विराटनगर ,फागुन २८
प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएको एक कारखानामा छापा मारेकाे छ । विराटनगर–११ जनपथ टोलमा रहेको उक्त कारखानामा विगत २० वर्षदेखि नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकर टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीले नक्कली मोविल बनाएर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा छापा हानेको थियो । उक्त छापाबाट प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएका ७८ वर्षीय शंकरलाल खेम्कालाई समेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीले सो कारखानाबाट नक्कली मोविल, इलामेलसहित बनाउने, प्याकेजिङ गर्ने र स्टीकरण बनाउने सामाग्री ,२०० लिटर मोविलसहितको १५ वटा ड्रम, २० लिटरको ३ ड्रम, १० लिटरको २ वटा बाल्टी, एक लिटरको १४ बट्टा, २०० लिटर अट्ने क्षमताको २४ वटा खाली ड्रम, सर्वो कम्पनिको स्टीकर टाँस गरिएको खाली बट्टा एकसय थान, सर्वोको स्टीकर एकसय थान, स्टीकर छाप्ने फर्मा २१ थान, लिटर मापन गर्ने औजारहरु समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]