३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

पेट्रोलियम पदार्थ अपचलन गर्ने २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

विराटनगर ,चैत्र २
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट भारत जाने तयारीमा रहेको ट्याङ्करमा डिजेल भेटिएपछि गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ ।
को १ ख ५९१२ नम्बरको ट्याङ्करले भारत फर्किने बेलामा पुनः डिजेल लोड गरेको भेटिएपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिइएको हो । भारत अररिया मिरगञ्ज बस्ने २६ वर्षको मोहमद सजाद र २१ वर्षको ईमरोज आलमलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
उनीहरु लाई नेपाल आयल निगमको बिनियम तथा प्रचलित कानून विपरित पेट्रोलिम पदार्थ अपचलन गरि राजश्व चुवाहट गरेको आरोपमा अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]