०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

सामाजिक सुरक्षा कोष प्रति मजदुरको गुनासो

Logo
✍ पिताम खतिवडा प्रकाशित बुधबार, चैत्र ०४, २०७७

विराटनगर ४ चैत्र ।
सरकारले निजि क्षेत्रमा कार्यरत मजदुरहरुको लागी विभिन्न योजना सहित तिन वर्ष अघि ल्याएको सामाजिक सुरक्षा कोष प्रति मजदुरहरुले गुनासो गरेका छन् ।
कोषको कार्यविधिको दोश्रो संसोधन पछि विराटनमा भएको उद्योगी:व्यापारी,मजदुर र कोष विचको त्रिपक्षीय अन्तरक्रियामा उनीहरुले गुनासो गरेका हुन ।
अन्तरक्रियामा सहभागि मजदुर नेताहरुले कोषको विषयमा मजदुरहरु अझै अनविज्ञ रहेको जिकिर गरेका थिए । नेपाल ट्रेडयूनियन महासंघका किसोर धमलाले कोषको विषयमा उद्योगीहरुलाई प्रष्ट बनाउनु पर्ने उनले बताए । उनले संचय कोषमा जम्मा भएको आफ्नो रकम लिन जादा मृत्यु भएको वा राजीनामा पत्र माग्ने गरेको बताए ।
मजदुर नेता अनिल पोखरेलले सामाजिक सुरक्षा कोषको विषयमा मजदुरमा अन्योलता रहेको बताए । उनले कोषमा सहभागिता जनाउन नचाहने श्रमीकहरुलाई के गर्ने भन्दे प्रश्न गरेका थिए ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघ सँगको सहकार्यामा मंगलबार अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कोषको विषमा अस्पष्टता रहेकोले सहभागि हुन कठीन भइरहेको जिकिर गरे । कोषको उद्देश्य राम्रो हुदा हुदै पनि यस सम्बन्धमा आएका सुचना र समाचरले अन्यौलता सृजना गरिरहेको धारणा व्यक्त गरे ।
उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले कोषमा सुरक्षाको ज्ञारेन्टी नभएको अवस्थामा उद्योगीहरुले छुट्टै बैंक खातामा रकम जम्मा गरिरहेको बताए ।
अन्तरक्रियामा सहभागि उद्योगी÷व्यापारी र मजदुरहरुले कोषको सानो कामको लागी पनि काठमाण्डौ नै पुग्नु पर्ने भएकोले प्रादेशिक कार्यालय स्थापना गर्ने माग गरेका थिए ।
सामाजिक सुरक्षा कोषले आफ्ना योजनाहरुको बारेमा सुनसरी मोरङ औद्योगीक करिडोरका उद्योगी,व्यवसायी र मजदुरहरु सँग अन्तरक्रिया गरेको जनाएको छ ।
कोषले कार्यविधि संसोधन गरेर माघ २९ बाट कार्यान्वयनमा ल्याएको छ । कोषले संसोधन र अन्योलता हटाउन अन्तरक्रिया गरेको कोषका निर्देशक उत्तमराज नेपालले बताए । निजि क्षेत्रका मजदुरहरुको लागी कोषले उपचार र दुर्घटना विमा तथा पेन्सन पनि उपलब्ध गराउने निर्देशक नेपालले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]