०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

भौतिक पूर्वाधारलाई १ खर्ब ४८ अर्बको सिलिङ

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

काठमाडौं , चैत ४
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १ खर्ब ४८ अर्ब बराबरको बजेट सिलिङ पाएको छ । योजना आयोगले यसै हप्ता मन्त्रालयलाई आगामी वर्षहरुको लागि बजेट सिलिङ पठाएको हो ।
मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा आगामी वर्ष सडक विभागका लागि १ खर्ब १६ अर्ब बराबरको सिलिङ दिइएको छ । पूर्व–पश्चिम राजमार्गको विस्तार र मध्यपहाडी, मदनभण्डारी, हुलाकी र उत्तरदक्षिण कोरिडोर राजमार्गहरुको निर्माणमा नै आगामी वर्षको बजेट केन्द्रित हुने मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
त्यस्तै आगामी वर्षबाट सिद्धबाबासहित केही ठाउँमा सुरुङमार्ग निर्माण ,मुग्लिन–नागढुंगा सडक विस्तार गर्ने लगायतका परियोजना रहेको बताएका छन् । साथै आगामी वर्ष रेल विभागले पनि करिब २५ अर्बभन्दा बढीको बजेट पाउने देखिएको छ । पूर्व–पश्चिम रेलमार्गको झापा–सुनसरी खण्डको निर्माणका काम पनि आगामी वर्षबाट सुरु गर्ने तयारी रहेको मन्त्रालयका स्रोतले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]