०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

आज पहाडी तथा हिमाली भगेमा होली

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

काठमाडौं, चैत १५
आज हिमाली एवं पहाहडी जिल्लाहरुमा होली मनाईदैछ । रङहरुको पर्व रुपमा चिनिने यस पर्वलाई फागुन शुक्ल पूर्णिमाका दिन मनाउने गरिन्छ ।

तराईंका जिल्लाहरुमा भने पूर्णिमाको भोलीपल्ट होली मनाईन्छ । कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै यो वर्ष ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रह समेत गरेको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने आफ्नी बहिनी होलिकालाई आदेश दिएका थिए । ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी होलीकाले प्रह्लादका साथ दन्किरहेको आगोमा प्रवेश गरेकी थिईन् । उक्त आगोमा होलिका आफैँ भष्म भएको तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।
पापको मार्गमा शक्तिको दुरूपयोग गर्नेको अन्त्य हुने धार्मिक मान्यताका साथ सो पर्व मनाईदै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]