काठमान्डौं, चैत्र १९
विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने आकलन गरेको छ । बुधबार प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उक्त आकलन गरेको हो ।
विश्व बैंकले कोभिड–१९ का कारण दक्षिण एसियाली अर्थतन्त्रमा यस्तो असर आहेको प्रक्षेपण निकालेको हो । आगामी आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने बैंकले आफ्नो प्रतिवेदनमा जनाएको छ । उक्त प्रतिवेदनमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने बताइएको छ ।
बैंकका अनुसार सन् २०२२ सम्ममा दक्षिण एसियाली क्षेत्रको आर्थिक क्रियाकलाप पुरानै लयमा फर्किने अनुमान छ । कोभिड–१९ को भ्याक्सिन लगाउन सुरु गरेका कारण नेपालको आर्थिक वृद्धिदर यसअघि आकलन गरिएभन्दा बढी हुने विश्व बैंकले जनाएको हो ।