०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
Gold Silver Price (9 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 198400
Silver 1 Tola Nrs. 1985

नाका बन्द गरेर कोरोना रोकिदैन

Logo
प्रकाशित बिहिबार, चैत्र २६, २०७७

विराटनगर, चैत्र २६
कोरोनाको प्रकोप भारतमा फेरी बढिरहेको छ । यसले नेपाललाई समेत असर गरिरहेको छ । नेपालले अहिले भारतसँग जोडिएको मुल नाका बन्द गरेको छ । सोही कारण नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने क्रम मुल नाकाहरुबाट रोकिएको छ । नेपालको भारतसँग जोडिएको प्रमुख नाका २०७६ चैत्र ११ गते देखी बन्द छ । नाका बन्द भएको एक वर्ष बितिसक्दा पनि चोर बाटोबाट नेपाली आउने जाने क्रम जारी छ । उनीहरु प्रमुख नाका नभएर सहायक बाटोबाट नेपाल आउ–जाउ गर्ने गरिरहेका छन् । कति नेपालीहरु भारत गएका छन् कति नेपाल आएका छन् त्यसको तथ्याङक नेपाल सरकारसँग छैन । यस्तो अवस्थामा नाका बन्द गर्नुको अर्थ के रह्यो र ?
नेपाल–भारतको खुल्ला सिमाना छ । प्रमुख नाका सिमित छ, सहायक बाटोहरु निकै छन् । प्रमुख नाकाबाट आवत जावत कम छ तर सहायक बाटोबाट आवत जावत बढि छ । यसलाई व्यवस्थित गर्न तर्फ सरकारको ध्यान जान जरुरी छ ।

मोरङकै कुरा गर्ने हो भने यस क्षेत्रमा नेपाल र भारतको खुल्ला सिमाना छ । जोगवनीमा रेल आउँछ, कलकत्ता, दिल्ली लगायत अन्य सहरबाट नेपाल आउनेको संख्या निकै हुन्छ । भारततर्फ जानेको संख्या पनि उत्तिकै रहेको छ । रेलबाट यात्रा गर्ने व्यक्तीहरु विराटनगरको हुलास चौक, दरैया बस्ती , मेटेरुवा स्लामापुरको बाटोबाट आवत जावत गरीरहेका छन् । यसरी रेलबाट यात्रा गर्नेहरुको रेकर्ड नेपाल सरकारले राखेर सहजीकरण गर्नु जरुरी छ । तर हालसम्म त्यो काम भएको छैन् ।
भारतको विभिन्न सहरबाट रेलमा यात्रा गरी नेपाल आउनेको संख्या दैनिक १ सयको हाराहारीमा हुन्छ भने नेपालबाट भारतको विभिन्न सहरमा जानेको संख्या पनि सोही हाराहारीमा रहेको छ ।

रेलबाट भारत जाने र भारतबाट रेलमा नेपाल आउने व्यक्तिलाई एउटै मुल नाकाबाट प्रवेश गराई उनीहरुलाई सहज रुपमा आउने जाने वातावरण बनाउनु पर्छ । त्यसो गरे भारतको विभिन्न सहरबाट रेलको यात्रा गरी नेपाल आउने व्यक्तिको पहिचान सहजै हुन्छ । उनीहरुको रेकर्ड राख्न सकिन्छ भने मुल नाकामा उनीहरुको स्वाब लिई उनीहरुलाई उनीहरुकै अभिभावकको जिम्मा दिनु पर्ने हो ।
यसबाट भारतको बिभिन्न सहरको यात्रा गरी नेपाल आएकाको पहिचान सहजै रुपमा हुनेछ । उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएमा सहजै रुपमा सम्पर्क गर्न सकिन्छ । नेपालजस्तो देशमा लकडाउन वा बोडर सिल गर्नुनै कोरोना भाइरसको न्युनिकरण गर्ने माध्यम हुन सक्दैन , पहिचान गनु जरुरी छ, सरकारले यसलाई गहन रुपमा हेर्नुपर्छ ।
आर्कोतर्फ भारतमा कोरोनाको प्रकोप बढेपछी भारतमा रोजगारी गर्ने धेरै नेपालीहरु घर फर्कन चाहिरहेका छन् । सामान्य मजदुरी गर्नेहरुको लागी सरकारले गरेको नाकाबन्दी ठुलो चुनौती भएको छ । सरकारले नाका शिल गर्ने निर्देशन जारी गरेपछि उनीहरु आफ्नै देशमा प्रवेश गर्न समेत डराई रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, वैशाख ९ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अचानक बढेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३४०० डलर माथि पुगेको थियो। मंगलबार बिहान यो मूल्य अझै बढेर ३४८० डलार हाराहारीमा पुगेको छ। गत हप्ताको तुलनामा सुनको मूल्य करिब ५ प्रतिशतले बढेको देखिन्छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार […]

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]