२७ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
Gold Silver Price (25 Fagun 2081, SUN)
Fine Gold 1 Tola NRs. 170800
Silver 1 Tola Nrs. 2000

नेकपालाई बञ्चरो हन्दा, हामीलाई पनि चोट लाग्यो : गोपाल किराँती

Logo
प्रकाशित शुक्रबार, बैशाख ०३, २०७८

विराटनगर, वैशाख ३
नेकपा माओवादीका अध्यक्ष गोपाल किराँतीले सर्वोच्च अदालतले अरुलाई न्याय गर्दा आफुहरुलाई घात पुगेको बताएका छन् ।
बिहिबार पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा किराँतीले नेकपा विवादमा ऋसीराज केट्टेललाई न्याय गर्दा आफुहरु अन्यायमा परेको बताए ।

प्रचण्डले विघटन गरेको माओवादी केन्द्रलाई आफूहरुले पुनर्गठन गरेर अघि बढाए पनि सर्वोच्चको फैसलाले पुनर्गठत दललाई ध्वस्त पारेको उनेको भनाई छ । सर्वोच्चले तत्कालिन ओली–प्रचण्डको नेकपालाई बञ्चरो हन्दा दुईचार भाटा आफुरुलाई पनि लागेको किराँतीले टिप्पणी गरेका छन् । किराँतीले नेपालमा लोकतन्त्रवादी र कम्युनिष्ट भनिएका पार्टीहरु सच्चा रुपमा लोकतन्त्रवादी र कम्युनिष्ट नभएको आरोप लगाए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]

विराटनगर,४ फाल्गुन ।  राप्रपा मोरङले अधिवेशनको तयारी थालेको छ । पार्टीको गत शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले फाल्गुन र चैत्र भरिमा वडा र पालिकाको अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले फाल्गुन मसान्त सम्ममा जिल्लाका सम्पूर्ण वडा समितिहरुको अधिवेशन सम्पन्न गरि चैत पहिलो हफ्ता भित्र सम्पूर्ण १७ वटा पालिकाको अधिवेशन, चैत्र दोस्रो हफ्ता […]