काठमाडौं , वैशाख ३
कोभिड १९ अति प्रभावित जिल्लामध्येको एक काठमाडौँले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि काठमाडौँका विद्यालय बन्द गर्ने तयारी थालिएको हो ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट विद्यालय बन्द वा खुल्ला गर्नेबारे निर्णय आएपछि सोही अनुसार निर्णय गर्ने तयारी रहेको शिक्षा विभागले जनाएको छ ।
अभिभावक संघहरु विद्यालय बन्द गर्नुपर्छ र संस्थागत विद्यालयका प्रतिनिधि विद्यालय खोल्नुपर्छ भन्ने दुवै प्रकारका प्रतिक्रिया आएकाले एक प्रकारको नोटिस जारी गरिने विभागको भनाई छ ।