०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

विराटनगरका औषधि व्यवसायी रजकको तस्कारी धन्धा छताछुल्ल

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

विराटनगर, वैशाख ०६
मुलुकलाई पहिलो चरणको कोरोना कहरले च्यापेको बेला विराटनगरका एक औषधी व्यवसायीले तत्कालीन समयमा प्रतिबन्धित औषधि रेम्डीरिभिरको कालोधन्धा गरी करोडौं रुपैयाँ कमाएको रहस्य खुलेको छ ।

कारोना भाईरसविरुद्ध एन्टीभाईरलको रुपमा काम गर्ने रेम्डिसिभिर औषधी सो समयमा कलोबजारी गरी विराटनगरको औषधी व्यवसायी जितु रजकले करोडौं रुपैयाँ अवैध धन कमाएको खुल्न आएको छ ।

तत्कालीन समय रेम्डिसिभिरको साईडईफेक्ट यकिन पत्ता नलागीसकेकाले नेपाल सरकारले उक्त औषधि खुल्ला रुपमा बिक्रि वितरण गर्न प्रतिबन्ध लगाएको थियो । यदपी कोराना संक्रमणबाट अन्तिम स्टेजमा पुगेका बिरामीलाई उक्त औषधी दिनु बाहेक अरु कुनै विकल्प नरहेकोले सरकार मताहतको स्वासथ्य निकायहरुबाट मात्र उक्त औषधी बिक्रि वितरण भईरहेको थियो ।

सोही मौकाको फाईदा उठाउदै जितु रजकले भारतबाट तस्करी गर्दै हजारौं भाइल रेम्डिरिभिर नेपाल भित्र्याएको विश्वसनीय स्रोत बताउँछ । उनले पहिलो चरणको कोरोना–कहरको अवधीभर करिव ५ हजार भाईलभन्दा बढी रेन्डिसिभिर नेपाल भित्र्याएर बेचबिखन गरेको स्रोतको दावी छ ।
नेपालमा सरकारी स्वास्थ्य निकायबाट रेडिसिभिर प्रति भाईल ३ हजार ५ सय रुपैयाँ पाईरहेको बेला रजकले भने १२ हजारसम्ममा सोही औषधी बिक्रिबितरण गरेका थिए । “मर्ता क्या नही कर्ता” भने झैँ सरकारी स्वास्थय निकायबाट बिरामीले सजिलै रेम्डिसिभिर नपाएपछि रजकसँग महँगोमा भएपनि सो औषधी किन्न बाध्य भएका थिए । रेम्डिसिभिरको तस्करी तथा कालोबजारी गरेर मात्र रजकले ५ करोड रुपैयाँभन्दा बढी अवैध धन कमाएको स्रोतको बुझाई छ ।

जितु लाईन्स क्लब अफ विराटनगर रानीका अध्यक्ष समेत हुन् । लाईन्स जस्तो मनाव–परोपकारी संस्थामा आवद्ध व्यक्तिले जिवन–मरणको लागी प्रयोग हुने औषधीमा कलोबजारी गर्नु संस्थाका नितिसँग मेल खादैन् । रजकको यस्तो कार्यले लाईन्सको छवी समेत बिगारेको छ ।
उक्त विषयमा सरकारका निकायहरुले तुरुन्तै छानवीन गरि कारवाही प्रक्रिया अघिडी बढाउनु जरुरी देखिन्छ ।

यस विषयमा खबरदारी निरन्तर जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]