०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

चिरायू हस्पिटलमा हेमोडाइलासिस र न्युरोसाइन्स सेवा शुरु

Logo
प्रकाशित सोमबार, बैशाख ०६, २०७८

काठमाडौं, वैशाख ०६
राजधानीको बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रालिले यस वर्षबाट हेमोडाइलासिस सेवा र न्युरो साइन्स विभाग सेवा शुरु गरेको छ ।

अस्पताल हाताभित्र एक कार्यक्रमको आयोजना गरी हस्पिटलका अध्यक्ष हेम बहादुर गुरुङ, विशेष अतिथि शंकर दास बैरागी, अतिथिहरु प्रा.डा. उत्तम शर्मा , डा.अजय प्रधान , डा. लेखजंग थापा , डा.उपेन्द्र जोशी र डा.अमित भट्टराईले रिबन काटेर सेवाको शुभारम्भ गरेका छन् ।

२०७० साल देखि संचालनमा आएको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रालिले अनवरत रूपमा युरोलोजी, अर्थोपेडिक , स्त्री तथा प्रसुती , न्युरो लगायतका सेवाहरू प्रधान गर्दै आएको छ । विरामीहरुलाई सर्वशुलभ महशुलमा चिकित्सय सेवाहरु प्रधान गरीरहेको यस संस्थाले छोटो समयमा लोकप्रयता हासिल गर्न सफल भएको अस्पतालका अध्यक्ष हेम बहादुर गुरुङले बताउनुभयो ।

हस्पिटलले हेमोडाइलासिस सेवाहरूमा मिर्गौला प्रत्यारोपण परामर्श , आइसियु डायलासिस सेवा र इमरजेन्सी सेवा प्रदान गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]