०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
Gold Silver Price (5 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 190300
Silver 1 Tola Nrs. 1975

विराटनगरका अस्पतालहरुमा स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोग पुनः बढ्यो

Logo
प्रकाशित मंगलबार, बैशाख ०७, २०७८

विराटनगर, वैशाख ७
दोस्रो चरणको कोभिड १९ को केशहरु बढ्न थालेसँगै विराटनगरका अस्पतालहरुमा स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोग पुनः बढेको छ । करोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै विराटनगरका अस्पतालहरुले स्वास्थ्य समाग्रीहरुको प्रयोगलाई बढएका हुन् ।

विराटनगरका अधिकांस हस्पिटलहरुमा मास्क पहिरन अनिवार्य गरिएको छ । एप्रोन तथा पीपीईलाई चिकित्सय कक्षभित्र पुनः प्रयोगमा ल्याउन थालिएको छ । अस्पतालका सबै वार्डहरुमा स्वास्थ्यकर्मीहरुले हण्ड ग्लोब प्रयोगमा ल्याएको समेत देख्न सकिन्छ ।

विराटनगरको न्युरो अस्पतालले विरामी कुरुवाको लागी समेत मास्क र फेस शिल्डको प्रयोग अनिवार्य गरेको छ । त्यस्तै विराटनगरका अन्य ठुला अस्पतालले समेत मास्क र फेसशिल्ड पुनः प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् ।

पहिलो चरणको कोरोनाको कहर सकिएर लकडाउन खुलेपछि स्वास्थ्य सुरक्षा समाग्रीको प्रयोग विराटनगरका अस्पतालमा घट्दै गएको थियो । नगरक्षेत्रमा मास्क, सेनिटाईजर तथा फेसशिल्डको प्रयोग करिब करिब निमिट्यान्न नै भईसकेको थियो । दोस्रो चरणको कोभिड १९को संक्रमण देखीन थालेसँगै फेरी पनि नगरक्षेत्रमा स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग बढ्न थालेको छ ।
विराटनगरका विभिन्न उद्योेग, व्यापारिक केन्द्र, बैंक तथा वित्तिय संस्था, समाजिक संस्था, सरकारी निकाय, अस्पताल तथा स्वस्थ्य केन्दहरु स्वास्थ्य सुरक्षा समाग्री पुनः प्रयोगमा ल्याउने तयारीमा जुटेका छन् ।
पहिलो चरणको कोराना कहर अन्त्य भएसँगै खस्किएको स्यानिटजर, मास्क तथा अन्य स्वास्थ्य सुरक्षा समाग्रीको व्यापार फेरी पनि फस्टाउन थालेको उत्पादक तथा विक्रेताहरुले प्रतिक्रिया समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]