०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

५३ प्रिन्ट रगत संकलन

Logo
प्रकाशित बुधबार, बैशाख २२, २०७८

विराटनगर, वैशाख २२
विराटनगरःनेकपा एमालेको खनाल नेपाल पक्ष युवा संघ नेपाल विराटनगर महानगर कमिटीले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ प्रिन्ट रगत संकलन गरेको छ ।

रक्त संचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रगत संकलन गरेको हो ।संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र विराटनगरलाई बिहिबार उपलब्ध गराएको युवा संंघ नेपाल महानगर कमिटीका अध्यक्ष शुरेन शाक्याले बताए । अध्यक्ष शाक्यले महामारीका कारण रक्तदान कार्यक्रम नहुदा बिरामीलाई आवश्यक पर्ने रगत पाउँन समेत कठिनको अहिलेको अबस्थामा थोरै भएपनि यसले सहजता थपिने बताए ।

नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको रक्त संचार केन्द्र विराटनगरका प्राविधिक इन्चार्ज शिवनन्द यादवले केही दिनयताबाट केन्द्र समेत रगतको चरम अभावका कारण माग अनुसार रगत उपलब्ध गराउन नसकिरहेको अबस्थामा युवासंघले आयोजना गरी संकलित गरेको रगतले थोरबहुत भएपनि राहात मिल्ने बताए ।
उनले विभिन्न सामाजिक संघ सस्थालाईपनि रक्तदान कार्यक्रय आयोजना गरी दिन अपिल समेत गरे । कोरोनाको कहरका कारण डरले पूर्व तयारीका रक्तदान कार्यक्रम स्थागित हुदा केन्द्रमा रगतको अभाव चुलिएको यादवको भनाई छ ।

बिषेश गरी दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेशन गर्नुपर्ने बिरामीहरूका आफन्त रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको प्राविधिक इन्चार्ज यादबले जानकारी दिए।
केही महिना अघिसम्म पर्याप्त रक्तसंकलन गरेपनि विगत तिन साता यतादेखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँपनि अहिले रगतको स्टक समस्यामा परेको उनले बताए।
रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरूले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने प्राविधिक इन्चार्ज यादवले भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]