विराटनगर, पुष ९
विराटनगरको भाटभटेनी छेउमा जारी जुत्ता–चप्पल मेलामा विभिन्न आर्कषक अफरहरुको साथ स्वदेशी ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि भईरहेको छ ।
हाल जाडोको मौसमलाई लक्षित गर्दै मेलामा ७ सय रुपैयाँमा दुई जोरसम्म जुत्ता बिक्रिकाे लागी राखिएकाे छ । त्यसैगरी मेलामा सहभागी जुत्ता कम्पनीहरुले विभिन्न मोडलका जुत्ताचप्पलमा ६० प्रतिशतसम्म छुट दिएका छन् ।
जाडो मौसममा अति विपन्न वर्गका व्यक्तिहरुले समेत न्यानो जुत्ता किन्न सकुन भन्ने उद्देश्यका साथ विभिन्न ब्राण्डको न्यानो जुत्ताहरुमा विषेश छुट एवं आकर्षक स्किमहरुको व्यवस्था मिलाईएको आयोजक मण्डलले बताएको छ । उक्त जुता मेला विभिन्न स्वेदेशी चप्पल जुत्ता कम्पनीको अधिकारीक बिक्रेताहरुको समूहले विराटनगरमा आयोजना गरेका हुन् । पुष २ गतेबाट शुरु भएको उक्त जुत्ता चप्पल मेला मसान्तसम्म संचालनमा रहने बताईएको छ ।