दिनेश खड्का
विराटनगर, फागुन २७
नेपाल पञ्चाङ्ग निर्णायक विकास समतिले पण्डितलाई पनि लाईसन्स दिने भएको छ । लाईसन्स वितरणका लागी आवश्यक तयारी भईरहेको समितिका कार्यकारी निर्देशक शुर्य प्रसाद ढुंगेलले जानकारी दिएका छन् । गुणस्थरीय कर्मकाण्ड र पण्डित्याईलाई थप व्यसायीक बनाउन लाईसन्स वितरण गर्न लागीएको ढुंगेलको भनाई छ ।
लाईसन्स वितरण गर्नुपर्व ईच्छुक पण्डितहरुलाई तालिम मार्फत प्रशक्षित समेत गराईने समितिको तयारी छ । सो तालमि चैत १५ गतेदेख नारायणहटि दरबार परसिरमा रहेको विकास समतिकाे कार्यालयमा सञ्चालन हुने समेत तय भएको छ । क्रमस हेरक प्रदेशको मुख्य सहरमा तालिमको आयोजना गर्ने समितिले तयारी गरिरहेको छ ।
समितिले दिने तालिम ६ महिनासम्म चल्ने छ । तलिममा लिन चाहनेले १५ हजार शुल्क बुझाउनुपर्ने छ । परशिक्षण पश्च्यात दस्राे चरणमा लाईसन्सको समेत व्यवस्था गर्ने समितिकाे याेजना रहेकाे छ ।