बिराटनगर, जेष्ठ १२
निरज बस्नेत
कुनै समय थियो, जुन समय याद गरौ एकपटक, खीर, चना, आलुदम, वाह कति स्वादिलो मिठो पकवान । हो, मोरङको कानेपोखरीमा यसको स्वाद लिन पल्केका स्वादपारखीहरुलाई पक्कै पनि तरोताजगी भयो होला ।
बिराटनगर महानगरपालिकादेखि उत्तरपूर्वमा अवस्थित यो सुन्दर नगरी अहिले गाँउपालिका भएसँगै यहाँको सुन्दरतामा विस्तारै ह्रास आउँदै गईरहेकाे छ । पश्चिम स्टेण्डमा गाडी रोक्नासाथ हरियो वर्रो सिजन अनुसारको सागपात, फलफूल बेच्न तछाडमछाड कम्तिको रोचक छैन । के महिला, के पुरुष, बालबच्चा समेत गाडीको झ्यालमा चिच्याउँदै, कराउँदै फलानो साग, फलानो फलफूल लिने लिने भन्दा उनीहरु आफ्नै दुनियामा हराएको अनुभूति मिल्दछ । अहिले निगुरो, सिजनको मालभोग केराको विक्री ह्रवात्तै बढेको छ ।
स सानो पसलमा जुस, बिस्कुट, चाउँचाउँ, चिप्स थाप्नेको बेग्लै जमात छ । संगैको पछाडी भागमा रहेको सार्वजनिक शौचालयको दुर्गन्धले पुरै कानेपोखरीलाई नै गिज्याइरहेको अवस्थामा खासै प्रगति भएको छैन । न त सरोकारवाला निकायको ध्यान नै पुगेको देखिन्छ ।
स्वर्गिय श्याम मगरको जोजोलोपा होटल एण्ड सेकुवा कर्नर पूर्व लाईनको लेटाङ स्टेण्डको ठिक अगाडी अपोजिटमा छ । यहाँ एक युवती जो हाल ब्याचलरमा अध्ययनरत छिन् । यिनी खुबै मिहिनेत गर्छिन् । सेकुवा, थुप्पा, चाउमिन, भटमास चिउरा लगायत अन्य परिकार स्वादिष्ट बनाउँछिन् । यिनको हातमा जादु नै छ भन्छन् बिराटनगर ११ का रुद्र खड्का । कानेपोखरीदेखी उत्तरमा आधा आधा घण्टाको फरकमा साँझ ५ बजेसम्म नियमित सार्वजनिक बस संचालन हुन्छ । ९ किमीको भाडाँ रु. ५० पर्छ । बाटो लेटाङसम्म पिच नै छ ।
दक्षिणतर्फबाट रमाईलोसम्म केहि गाडीहरु सुचारु छ । जम्मा ५ किमीको भाडाँ रु ५० पर्छ । यतातर्फको बाटो पनि पिच नै छ । सानाठूला गरि ५० भन्दा बढिको संख्यामा चिया नास्ता होटल व्यवसाय संचालनमा छ ।
कसैलेपनि यहाँ पैसा तिरेर घडेरी खरिद नगरेको स्वयम् यहाँका स्थानीय बताउँछन् । पुस्तौदेखि जंगलको जमिन भोगचलन गर्दे यस ठाउँको अस्तित्व जोगाउँदै आएको बताउँछन् ।टेम्पो, सिटी सफारी लगायत अन्य पब्लिकको हकमा समेत यहाँ संचालित सार्वजनिक साधनहरु छन् । जुन, लेटाङ, रमाईलो रु. १ सय, आईतवारे रु. ५० पर्छ । जुन लुटमाथिको मनपर्दि हो भन्छन् स्थानीय तर पनि गाउँपालिका कार्यालय, वडा कार्यालय मौन छ । फर्किदाको हकमा भने रु. ५० र रु. ३० पर्छ ।
निजी क्षेत्रको एनसेलको टावर खासै लाग्दैन । एनटिसीको सेवा भने राम्रो मान्नुपर्छ । साँझमा बियर, रम, रक्सी, मासु लगायत परिकार खानेहरुको राम्रै उपस्थिती देखिन्छ । बिहान चना चिउरा, थुप्पा त्यस्तैगरि चिया एवम् दिनभरि नास्ता खानाको पनि राम्रै व्यवस्था भएकै कारण टाढाटाढाका मानिसहरुको विशेष चहलपहल देखिन्छ ।
कानेपोखरी गाउँपालिकाका निर्वतमान अध्यक्ष तारा प्रसाद काफ्लेको दूरदृष्टिले गर्दा ५ बर्षे कार्यकालमा राम्रै प्रगति भएको मान्न सकिन्छ । आगामी ५ बर्षे कार्यकालको लागि गाउँपालिकाले होनहार महिला अध्यक्षको रुपमा राजमती इङनाम पाएको छ ।