विराटनगर, असार १
निरज बस्नेत
कोरोनाकालअघि सस्तो दरको खाना खुवाउँने होडबाजी देशभरि नै ह्वात्तै बढेको थियो । सस्तो दरमा मुलुकका विभिन्न ठाउँमा भोकोपेटलाई भरपेट खाना खुवाउँने प्रचलन नै बसेको थियो ।
त्यो बेला सुनसरीको ईनरुवा बसपार्कमा भोक लागेर आएका जोकोही बटुवालाई स्थानीय अगुवाको अग्रसरतामा निशुल्क दाल, भात, मासु समेत खुवाईएको थियो । झापाको विर्तामोडमा रु. ५ मात्र लिएर चिकेन खाना भोकाएकालाई समाजसेवी मन भएकाले आफै अघिसरी धरैलाई खुवाएका थिए । सुनसरीकै ईटहरी विराटनगर लाईनमा अवस्थित राधाकृष्ण मन्दिरमा रु. १५ मा सादा खानामा भात, दाल, तरकारी, अचार समेत गरी राम्रो खाना केही स्थानीयको पहलमा खुवाईएको थियो ।
सस्तो दरको खानाको शुरुवात भने विराटनगरबाट नै भएको पाईन्छ । यहाँस्थित जैन भवन अगाडीबाट केही समाजसेवीको विशेष पहलमा रु. १० मा राजमा खानाको शुरुवात भएको पाईन्छ । यहीबाट शरु भएको यो क्रमले मुलुकका विभिन्न ठाउँ लिदै आक्रमकता पाएको थियो । केही महिना राम्रै यो खाना खुवाउँने क्रम चल्यो ।
थुप्रैले मनदेखि सहयोगी हात बढाएर राम्रै रकम संकलन भएकै हो । विराटनगरका चिरपरिचित हस्तीहरुको विशेष सक्रियतामा यति पुण्यको कामले निरन्तरता पाएकै यथार्थ अवस्था सबैमा जगजाहेर नै छ । पछि कालान्तरमा विश्वव्यापी कोरोनालाई कारण देखाउँदै एकाएक यो खाना खुवाउँने काम रोकियो ।
ठिक छ तत्कालीन समयमा एकप्रकारले सबैमा कोरोनाको त्रासनै थियो । अब त त्यो परिस्थिती हटिसकेको छ । खै त समाजसेवी मन भएका ती हातहरु कता हराएँ । उँ बेला यो क्रमले आजीवन निरन्तरता पाउँछ जतिको गरेका थिएँ । आज ती परोपकारी मन भएकाहरुको मन के ले अगाडी बढ्न सकेन ।
विराटनगरमा रु.१० को खाना खुवाउँने यो महान् अभियानको लागि धेरै व्यक्ति विशेष तथा विभिन्न समूह, संघसंस्थाबाट राम्रै रकम संकलन भएको थियो । यथार्थतामा टेकेर भन्दा त्योबेला हिसाबकिताब के पारदर्शी भएर फर्छोट भएको थियो त ? प्रश्न आज आम विराटनगरवासीको छ ।