विराटनगर, साउन १
निरज बस्नेत
कार्यक्रम प्रस्तोता रवि लामिछानेले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको मोरङ जिल्ला स्तरको कार्यकर्ता भेला शनिवार विराटनगरमा सम्पन्न भएको छ । स्थानीय जैन भवनमा यो कार्यकर्ता भेला भइरहँदा रवि यसैमा संलग्न भएका थिएँ भने श्रीमती निकीता पौडेल जोगवनी भारत गएकी थिइँन् । रविले अक्सर भन्ने गर्छन्, म स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्छु । यही रविद्धारा स्थापित मान्यतालाई उनकै अर्धाङिनी निकीताले लत्याइदिएकी छिन् ।
शनिवारको कार्यक्रममा रविले भने शिरदेखी पाउँसम्म नेपाली पहिरननै लाएका थिएँ । तर उता रविकी श्रीमती भने विराटनगरदेखी ६ किमी दूरीमा रहेको छिमेकी जोगबनी सपिंङ गर्न गएकी थिइन् ।रवि दिनभरी पार्टी विस्तार कार्यक्रममा सहभागी भइरहदा उनकी श्रीमती निकिता श्रणभरपनि कार्यक्रममा देखिनन्, भारतमा सपिङ गर्न व्यस्थ थिइन् । पुरा नेपाललाई परिवर्तन गरेर देखाउछु भन्दै संचारकर्म छाेडेर राजनितीतर्फ हाेमीएका लामेछानेले आफ्नै श्रीमतीलाई समेत परिवर्तन गर्न सकेकाे देखिएन।
नेपालकाे सिमासँग जाेडिएकाे भारतकाे ठुला साना सहरहरुले नेपाली बजारलाई पुर्णरुपमा प्रभावित पारिरहेकाे छ । सिमावर्ती क्षेत्रमा फस्टाईरहेकाे तस्करीले अहिले नेपाली बजार सुकिरहेकाे छ । भन्सारकर्मचारी, प्रशासन तथा बिचाैलियाहरुकाे मिलेमत्ताेमा चलिरहेकाे विना भन्सार माल आयत गर्ने अवैध कार्य क्यारिङले नेपाली बजारकाे एक नब्बरी व्यापारीलाई ठुलाे आघात पुर्याएकाे छ । परिवर्तन गरेर देखाउछु भन्दै हिडेकाे रविले विराटनगर आएर उठाउनु पर्ने यी विषयहरु थिए । तर विषय उठान् गर्नु त परै जाओस् उनले आफ्नै श्रीमतीलाई समेत सम्झाउन सकेनन् ।
शनिबारकाे जिल्ला भेलामा जम्मा सय जनाकाे पनि उपस्ठिती देखिएन् । शिशु अवस्थामा हुर्कि रहेको रविको यस पार्टीलाई राम्रो हेरचाह दिनुपर्नेमा उल्टै रविकी जीवन संगिनीबाट खासै चासो नदिई जोगबनी हानीनुलाई सामान्य बिषयवस्तु किमार्थ ठानिनुहुन्न ।
शुक्रबार विराटनगर आएका रविको ७ जनाको टोली रोडशेष चोकमा रहेको इष्टन स्टार होटलमा वास बसेका थिएँ । यहाँ आउँनुअघि सुनसरी र झापाको टूर सकी आएँका थिएँ । झापामा केही हदसम्म मान्छेको राम्रै उपस्थिती थियो । सुनसरीमा ठीकठाक रह्यो । विराटनगरको कार्यक्रमले सोचे मुताविक सफललता हात पारेन ।