०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

विदेशी भूमिमा नेपाली कलाप्रतिभा चिनाउदैं निश्चल

Logo
प्रकाशित शुक्रबार, साउन ३१, २०७६

क्यानेडा, श्रावण ३१

चाहना, संघर्षता र सफलता एकअर्कासँग जोडिएका शब्दहरु हुन् । व्यक्तिले चाहना गर्नुपर्छ लगभग लगभग पुग्छ । तर त्यहाँ बीचमा संघर्षको कमि भने किमार्थ हुनु हुन्न । देख्नेका मात्र सपना पुरा हुन्छन् भन्छन् नि, सायद त्यस्तै होला । हुन पनि, सपनै नदेख्ने हो भने कसरी पुरा होस् । यतिबेला हामी मोरङ उर्लाबारीका निश्चल नेपालको प्रशंग जोड्दैछौं । जसको सानैदेखिको सपना नेपाली कला, संगीत र संस्कृतिसँग जोडिएको थियो ।

वि.सं. २०४० मा निश्चलको जन्म हुँदैगर्दा बाबुआमाको सपना छोरा भविष्यमा परिचित पात्र बनोस् भन्ने थियो । मोरङको इटहरा, सामान्य गाउँले वातावरण, जहाँ निश्चलले आफ्नो अमूल्य वाल्यकाल विताएका थिए । अध्ययनको क्रममा उनी मोरङकै उर्लाबारी पुगे । स्थानीय पशुपति अंग्रेजी माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका निश्चिलले बि.एस.सी, एम.बी.एस सम्मको अध्ययन सके । यतिबेला उनी क्यानेडामा बस्छन् । तर विदेशी भूमिमा रहँदा पनि उनले नेपाली कला, संगीत, संस्कृति र अभिनयको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजेश शर्मा जोगबनी (भारत), आसोज २६ दाइजो नदिएको कारण एक नेपाली चेलिलाई भारतमा बेपत्ता बनाइएको छ । नेपालको विराटनगर पञ्चमुखी चौक बस्ने मानिक चन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवि सहनी (बहरदार) ससुरालबाटै बेपत्ता भएकी हुन् । भारतको बिहारस्थित जोगबनी भेडियारी सुसाराली रहेको ति नेपाली चेलालाई बारम्बार दाईजोको न्युमा ससुरालीले यताना दिने गरेको मईती पक्षको भनाई […]

काठमाडौँ, असोज १३ दुबईमा सडक दुर्घटनामा परी ६ जना नेपालीको ज्यान गएको छ । उक्त दुर्घटना थप दुई जना गैर नेपालीको पनि मृत्य भएको छ । दुर्घटनामा अन्य ६ जना समेत घाइते भएका छन् । घाइतेहरु भने नेपाली नागरिक होइनन् । मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो ट्रकमासँग गएर ठोकिदा उक्त दुर्घटना हुने […]

दक्षिण कोरिया, (सिओल) भाद्र ३१ मधेशी समाज दक्षिण कोरियाले नँया कार्यसमिति गठन गरेको छ । नँया कार्यसमितिमा अर्विन्द मेहता अक्ष्यक्षमा चयन भएका छन् । त्यस्तै ब.उपाध्यक्षमा शुशिल पटेल, उपाध्यक्षमा विशाल चौधरी, सन्जिब साह चयन भएका छन् । महासचिवमा कृष्ण कुमार सिंह, सहसचिवमा अमन गुप्ता , कोषाध्यक्षमा अरुण गुप्ता, सह कोषाक्ष्यक्षमा सन्जिव महतो चुनिएका छन् । […]