०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

जिटोको पहिलो अन्तर्राष्ट्रिय महिला शाखा विराटनगरमा गठन

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

दिनेश खड्का

विराटनगर, भदौ ६
जैन ईन्टरनेश्नल ट्रेड आर्गनाईजेशन (जिटो) को पहिलो अन्तर्राष्ट्रिय महिला शाखा (जिटो लेडिज विङ्स) विराटनगरमा गठन भएको छ ।

विराटनगर विङ्सकोे लागी सन्तोष जैनको अक्ष्यक्षतामा ३० सदस्यीय समिति गठन भएको छ । त्यसैगरी उपाध्यक्षद्वयमा शोभना दुगड र मीना गोल्छा, सचिव रोज धाडेवाल, सहसचिवद्वय मिनल तातेड र डा.नुतन नौलखा र कोषाध्यक्षमा सरिता गोल्छा चयन भएका छन् ।

आईतवार विराटनगरको होटल ह्यरिसनमा आयोजित जिटोको औपचारिक कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन् ।
जैन महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागिता गराउनु जिटो लेडिज विङ्सको मुल उद्देश्य रहेको अध्यक्ष सन्तोष जैनले कार्यक्रममा बताईन् । नेपालमा कारिब २ हजार जैन परिवार छन् र ति परिवारहरुको महिला सदस्यहरुलाई समाजिक र आर्थिक रुपमा जागरुक बनाउन जिटो लेडिज विङ्सले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष जैनले प्रतिबद्धता समेत व्यक्त गरिन् ।

नेपालका पूर्व उद्योग राज्यमन्त्री मोति दुगड सहित जैन महिला विभाग भारतकी उपाध्यक्ष अधिवक्ता मिनलभरत खोना, सचिव शीतल दुगड, पूर्व क्षेत्रकी संयोजक ज्योती जैन र जिट्टो काठमाडौंका प्रमुख सचिव मनोज सेठियाको कार्यक्रममा उपस्थिति रहेको थियो ।
जिटोको भारत स्थापना भएको एक अन्तराष्ट्रिय संगठन हो । यसको मुख्यालय भारतको मुम्बाईमा छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]