१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

विप्लव कार्यकर्ताले गरे आत्मसमर्पण

Logo
प्रकाशित शुक्रबार, साउन ३१, २०७६

दिनेश खड्का
रुकुम, श्रावण ३१

विप्लव नेतृत्वको  चार कार्यकर्ताले आत्मसर्पण गरेका छन्। शुक्रबार रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरुले आत्मसमर्पण गरेका हुन्।
आत्मसमर्पण गर्नेमा रोल्पाको थवाङ गाउँपालिकाका-१ घर भइ हाल भूमे गाउँपालिका-२ बस्दै आएका २५ वर्षीय बालकुमार बुढा मगर,भूमे गाउँपालिका ६, का २४ वर्षीय महेश सुनार, ३० वर्षीय बटकुमार बुढा मगर र १९ वर्षीय विनोद छिनाल रहेका छन्। उनीहरु चन्द समूहका सक्रिय र भूमिगत कार्यकर्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयसँगको सम्पर्क मार्फत उनीहरुले जिल्ला प्रशासन कार्यालयमा आत्मसपर्मण गरेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। यस अघि साउन २८ गते प्रहरीले जिल्ला सेक्रेटरी देवीलाल पुनसहित ६ जनालाई पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]