१२ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri

मोरङ ४ बाट घिमिरे सिफारिसमा परेसँगै अन्य नेताको दावी ओझेलमा

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

विराटनगर, भदौ १८
निरज बस्नेत
नेपाली कांग्रेस मोरङ ४ को राजनीति यतिवेला गर्माएको छ । आसन्न मंसिर ४ को आवधिक निर्वाचनको लागि ५ जनाको नाम प्रतिनिधि सभा उम्मेदवारका का लागि यहाँवाट सिफारिस भएको छ । समग्रमा गुट उपगुटले थिलथिलो भएको नेपाली कांग्रेस यतिवेला मोरङ ४ मा झन् संकटको घडीमा गुज्रिरहेको छ ।

मोरङ ४ देखि सिफारिस भएका ५ जनामा, गुरुराज घिमिरे, अमृत अर्याल, भिम पराजुली, महेश आचार्य र दिलिप गच्छ्छेदार हुन् । महेश आचार्यले २०७४ को चुनावमा यहाँवाट माओवादी केन्द््रका अमनलाल मोदीसँग हारेका थिएँ । महेशलाई हरुवाको संज्ञा दिदै टिकट दिनुहुदैन यो माग जोडदार रुपमा कांग्रेसीजनवाटै उठेको छ । मोरङबाटै राजनीति गर्ने अनि यहीँका जनताका लागि केही नगर्ने परिपाटीले महेशको संभावना नरहेको केही कांग्रेसी नेताहरु हाक्काहाक्की बताउँछन् । तर, अन्तिम एकपटक मौका पाएँ अवश्य चुनाव जित्ने महेशको दावी छ । हारेकालाई पुनः मौका दिनु आत्मघाती हुनेछ, यो चाहीँ आम बुझाइ रहेको छ ।

धार्मिक नेताको छवि बनाएका भिम पराजुलीको आशा जिवितै रहेको उनी निकटका कांग्रेसी नेता बताउँछन् । मोरङ ४ बाट प्रतिनिधि सभाको उम्मेदवारको टिकट पाउने, भिमका नजिकका नातेदार समेत दावी गर्छन् ।
तरपनि भिमको हकमा यो फलामको च्यूरा चपाउँनुसरी हुने राजनीतिका जानकारहरुको विश्लेषण छ । । मोरङमा शेखर कोईरालाको छवि राम्रो छ । कोईरालाको विरासतको रुपमा मोरङको कांग्रेसी राजनीतिलाई अथ्र्याईँछ । यता भिमको सम्वन्ध शेखरसँग पानीवारको छ । तसर्थ भिमले टिकट पाउने सँभावना क्षीण बन्दैजाने विराटनगरका कांग्रेसीहरु बताउँछन् ।

विजयकुमार गच्छ्छेदारसँग राम्रो सम्वन्धमा रहेका दिलिप गच्छ्छ्दारलाई त मोरङ ४ कै धेरै मानिसहरुले चिन्दैनन् । दिलिपको कांग्रेसमा भूमिका आफैमा गौण छ । यसर्थ दिलिपलाई सिफारिस केवल चित्त बझाउँने मेलो हुनसक्छ ।

अमृत अर्याल मोरङका चिरपरिचित अनुहार हुन् । यिनको साविक निर्वाचन क्षेत्र मोरङ ५ हो । मोरङ ४ का लागि अमृत पर्यटक जस्तै हुनाले पनि यिनको संभावनामा तुषारापात लाग्न सक्छ । अमृतले धेरै विकासे राम्रा काम मोरङ ५ बाटै गरेका कारण यिनी उतै लोकप्रिय देखिन्छन् । तसर्थ मोरङ ४ देखि अमृतको संभावना कमजोर सावित बनिदिन सक्दछ ।

अन्ततःसवैको फाईदा गुरुराज घिमिरेले उठाउन सक्ने अड्कल काटिदैछ । शेखरका अतिप्रिय गुरुराज कै नाममा मोरङ ४ को प्रतिनिधि सभाको टिकट आउने यस्तै गाइँगुई धेरैको मुखारविँदवाट आईनैरहेको छ । विधार्थी राजनीतिदेखि नै लोकप्रिय छवि बनाएका गुरुराजको लाइफस्टाईल नै सरल छ । जीवनमा कहिल्यै पदको लोभमा नपरेका गुरुराज असाधारण छन् । यस्ता निस्कलंक व्यक्तित्व गुरुराजकै पोल्टामा मोरङ ४ को प्रतिनिधि सभाको उम्मेदवारको टिकट हात नपर्ला भनेर पनि यसै भनिहाल्न पनि सकिन्न् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,९ पुष । काँग्रेसका युवा नेता प्रबिण जोशी नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश (ख) को कोषाध्यक्षमा मनोनित भएका छन् । उक्त क्षेत्रका सभापति मधुबाबु तिवारी र सचिव माधवराज भण्डारी (विमल) ले मनोनित गरेको पत्र शुक्रबार जोशीलाई प्रदान गरेका थिए । गिरिजाप्रसाद कोइराला फाउन्डेसन विराटनगरका अध्यक्ष ,समाजसेवी एबं सफल ब्याबसायी समेत रहेका जोशी विराटनगरका युवामाझ लोकप्रिय […]

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

धरान, असाेज २९। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो अनुपस्थितिमा कार्यवाहक मेयरको जिम्मेवारी उपमेयरलाई नदिई वडा नं. ११ का अध्यक्ष लोकेन्द्रकुमार फागूलाई दिएका छन्। यो निर्णय मेयर साम्पाङको लगभग १७ दिने बेलायत भ्रमणको पूर्वसन्ध्यामा गरिएको हो। साम्पाङ अक्टोबर १७ देखि नोभेम्बर २ सम्म बेलायत भ्रमणमा जान लागेका छन्। यस अवधिमा वडाध्यक्ष फागूले कार्यवाहक मेयरको भूमिका […]