०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

गाभिए ‘भोज’ र ‘क्विकर फुड’

Logo
प्रकाशित शुक्रबार, भाद्र २४, २०७९

दिनेश खड्का

विराटनगर, भदौ २४

नेपाली अनलाईन फुड डिलिभरी कम्पनी ‘क्विकर फुड’ र ‘भोज’ एकआपसमा मर्ज भएका छन् । यी दुई कम्पनीहरुले संयुक्त रुपमा बिहिबार विराटनगरको कञ्चनजंगा वान्किटमा एक कार्यक्रमको आयोजना गरी मर्जरबारे जानकारी दिएको हो ।

‘भोज’ले विगतको ५ वर्षदेखि काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल र भैरहवामा अनलाईन फुड डेलिभर गर्दै आएको छ । त्यस्तै ‘क्विकर फुड’ले विगतको ३ वर्षदेखि प्रदेश १को राजधानी विराटनगरमा फुड डेलिभरि गर्दै आएको छ । मर्जर पश्च्यात कम्पनीको नाम ‘भोज’ रहने बताईएको छ ।

दुई कम्पनीविच भएको सम्झौता अनुसार हालको ‘क्विकर फुड’को टिमले अब प्रदेश १को विभिन्न सहरहरुमा ‘भोज’ ब्राण्डलाई विस्तार गर्ने छ । प्रदेश १ मा विराटनगर बाहेक ईटहरी, धरान र आसपासका सहरमा छिट्टैनै सेवा विस्तार गर्ने योजना रहेको कार्यक्रममा ‘भोज’का संस्थापक निकेत अग्रवालले बताए । त्यस्तै ‘क्विकर फुड’का संस्थापक एवं ‘भोज’का नव–साझेदार दिवस दाहालले काँधमा जिम्मवारी थपिएको बताउँदै कम्पनीलाई उचाईमा पुर्‍याउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरे ।

यी दुवै कम्पनीहरुले रेष्टुरेन्टमा पाईने विभिन्न परिकारहरुलाई अनलाईन डिमाण्डका अधारमा होम डिलिभरी गर्दै आएका छन् । नेपालमा ९ सयभन्दा बढी रेष्टुरेष्टसँग भोजले सहकार्य गरिरहेको छ भने क्विकर फुडको विराटनगरमा ७० भन्दा बढी रेष्टुरेन्हरुसँग सहकार्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]