०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

महाधिवेशनमा सुडिहरुले खाेजे आफ्नाे जातिय अधिकार

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

विराटनगर, असोज ५

सुडी जातिको अधिकार सुनिश्चितत्ताको लागि राज्यले सुडी जातिलाई सूचीकृत गरी राज्यको प्रत्येक अंगमा समान सहभागीता गराउनु पर्ने यस समुदायका दिग्गजहरुले प्रतिक्रिया दिएका छन् ।  साेमबार विराटनगरमा भएकाे नेपाल सुडी समाजकाे तेस्रो केन्द्रिय महाधिवेशनमा बाेल्ने अधिका‌ंश वक्ताले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी मोरंग जिल्लाको जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले जाेडदार रुपमा सुडि समुदायकाे अधिकारकाे विषय उठान गरेका थिए । यस जातिलाई नेपाल सरकारले उपेक्षा गरेकै कारण आर्थिक अभाव भएर बालबच्चालाई शिक्षा दिक्षा दिन नसक्सने अवस्थावमा पुगेकाे भन्दै उनले दुख व्यक्त गरे ।

महाधिवेशनमा सुडी समाजका अगुवा नेताहरु, प्रध्यापकहरु एवं शिक्षकहरु, डाक्टर इन्जिनियर, पत्रकार, उद्योगी, व्यवसायी गृहणी लगायत सुडी जातिवाट स्थानीय तहमा निर्वाचित जन प्रतिनिधीहरुको उलेख्य उपस्थिती रहेको थियो ।
सोही अवसरमा समाजमा विशिष्ठ योगदान पुर्‍याएका दर्जनौ व्यक्तिहरुलाई समेत सुडी समाजले सम्मान गरेका थियाे । सुडी समाजलाई मुलधारमा कसरी ल्याउने, सडी जातिलाई सूचीकृत कसरी गर्ने, सुडी जातिको उत्थान र विकासको लागि कसरी अगाडी वढ्ने, सुडी समाजलाई कसरी एकतावद्ध गर्ने बारेमा प्रोफेसर रामचन्द्र साह, राजेन्द्र प्रसाद गुप्ता लगायतले आ–आफ्नो विचार राखेका थिए ।

नेपाल सुडी समाज केन्द्रिय समिति २०६३ सालमा गठन भएको थियो । सुडी समाज गठन भएपछि सुडी जातिको लागि समाजमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । प्रदेश नं. १ को मोरंग, सुनसरी, झापा र उदयपुर जिल्ला गरी करीब ५० हजार जनसंख्या रहेको र नेपालको तराई मधेशमा करीब ३५ लाख जनसंख्या रहेको नेपाल सुडी समाजका यूवा अध्यक्ष श्याम कुमार साहले जानकारी गराए ।

महाधिवेशनका खुल्ला सत्रको अध्यक्षता गरी रहेका नेपाल सुडी समाजका केन्द्रिय अध्यक्ष रामेश्वर साहले आफूले अध्यक्षको जिम्मेवारीमा आएपछि र आफू भन्दा पहिले जिम्मेवारीमा रही सुडी समाजमा गरेको योगदानको बारेमा चर्चा गर्दै खुल्लासत्र सम्पन्न भएको घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]