सोलुखुम्वू, असोज ९
सुमन बस्नेत
देशकै नमूना जिल्ला सोलुखुम्वूको थुलुङ–दूधकोशी गाउँ–पालिका–२ का वडाअध्यक्ष युजन बस्नेतको सक्रियता समाजसेवामा केन्द्रित भएको छ । सिपाहीको रहरलाग्दो जागिर छोडी युवा अवस्थामा नै बस्नेतको मन राजनितिमार्फत गाउँको सेवा गर्नतर्फ मोडियो । गएको स्थानीय चुनावमा माओवादी केन्द्रवाट निर्वाचित बस्नेत यतिवेला गाउँको प्राकृतिक सम्पदालाई संरक्षण गर्ने कार्यमा जुटेका छन् ।
हालसालै काँगेल डाँडाँ विमानस्थलमा रहेको प्राकृतिक पोखरी र धार्मिक स्थल मन्दिरको सरसफाई एवं संरक्षण कार्यक्रम बस्नेतकै नेतृत्वमा सम्पन्न भयो । स्थानीय जीवनज्योती विद्यालयको पहिलो त्रैमासिक परिक्षा समापन पश्चात् सामाजिक विषयको परियोजना कार्यको लागि अध्यक्ष बस्नेतको समन्वयकारी भूमिकामा, विद्यालय परिवार, स्थानीय यूवाहरु, सुरक्षा निकायको अगुवाईमा प्राकृतिक सम्पदाको सरसफाई एवं संरक्षण कार्यक्रमको समापन गरियाे । यस जीवनज्योती विद्यालयका कक्षा – ८ देखि १० सम्म अध्ययनरत विधार्थीहरुको विषयगत परियोजना कार्यको लागि यस अभियानमा वडाअध्यक्ष बस्नेतसहित, शिक्षक, कर्मचारी, सुरक्षा निकाय एवं स्थानीय यूवाहरु एकत्रित भई गाउँठाउँमा सामाजिक कार्यमा यसरी होमिनूले यस भेगका अन्यको हकमा समेत गतिलो सन्देश छेडेको छ ।
जागिर खाएर त आफ्नो र परिवारको मात्र सेवा हुन्छ । तथापि जनप्रतिनिधि मूलतः सेवामय कार्यको लागि हो । यसरी नै सिपाहीको जागिरलाई तिलान्जली दिदैं वडाअध्यक्ष बस्नेत खासमा समाजसेवातर्फ अग्रसर भएको पाईयो । आम थुलुङ–दूधकोशी वडा नं. २ वासीले बस्नेतलाई मनपराई वडाअध्यक्ष जिताएँ । प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने सरसफाई अभियानमा स्थानीय जीवनज्योती विद्यालयको समन्वयकारी भूमिका खेलेकोप्रति विद्यालय परिवारले वडाअध्यक्ष बस्नेतलाई धन्यवाद दिएको छ ।
२०७० साल ५ महिना ३ गते सशस्त्र प्रहरी बलको प्रहरी जवानमा भर्ना भएका बस्नेतले ३ बर्ष नपुगदै जागिर छोडी राजनितीतर्फ हाेमिएका थिए । उनले २०७४ को स्थानीय चुनाव देखि नै गाँउमै बसी राजनिती गर्न सुरु गरे । २०७९ को स्थानीय चुनाबमा माओवादी केन्द्रबाट टिकट पाएका बस्नेतले वडाअध्यक्षमा निर्वाचित हुन सफल भएका थिए ।