विराटनगर, असोज १४
निरज बस्नेत
आसन्न प्रतिनिधि सभा निर्वाचन यही मंसीर ४ गते हुदैछ । मोरङमा ६ निर्वाचन क्षेत्र छ । मोरङ १, २, ३, र ६ गरेर ४ निर्वाचन क्षेत्र कांग्रेसले पाईसकेको सूत्रकाे दावी छ । गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले मोरङमा बाजी मारेको छ ।
मोरङ १ बाट संस्थापन ईत्तरका डिकबहादुर लिम्वूको नाम अग्रपक्तिमा छ । लिम्वू नेपाली कांग्रेस मोरङका सभापति समेत हुन् । २ नं. क्षेत्रमा सुजाता कोईरालाको नाम केन्द्रविन्दूमा छ । यसअघिको २०७४ को प्रतिनिधि सभामा यस २ नं. क्षेत्रबाट कांग्रेसकै मिनेन्द्र रिजालले बाजी मारेका थिएँ । स्मरण गरौं, गएको प्रतिनिधि सभामा ६ निर्वाचन क्षेत्र मध्ये यही एउटा क्षेत्र नं. २ मा मात्र कांग्रेस विजयी भएको थियो ।
नोवेल अस्पतालका संचालक सुनिल शर्माको नाम लगभग ३ नं. क्षेत्रमा पक्कापक्की नैं हो । शर्माको सक्रियता मोरङ ३ मा वर्षोअघिदेखि नैं थियो । यस क्षेत्रका आम वासिन्दाको लागि शर्माले विराटनगरस्थित नोवेल अस्पतालमा निःशूल्क उपचार समेत गर्दे आईरहेका छन् । शर्मा प्रायः आजभोली गाउँघरतिरैं भेटिन्छन् । गएको ०७४ को प्रतिनिधि सभा चुनावमा शर्माले मोरङ ३ बाट नैं एमालेका भानुभक्त ढकालसँग हारेका हुन् । उनैं ढकाललाई नैं एमालेले यो पाली समेत मोरङ ३ बाटै उठाउने तयारी गरेको बुझिन्छ ।
त्यस्तैंगरी मोरङकैं चर्चित निर्वाचन क्षेत्र नं. ६ मा कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोईराला नैं उठ्ने संभावना छ । यसै निर्वाचन क्षेत्रबाट ०७४ को चुनावमा डा. शेखर , एमालेका लालवावु पण्डितसँग पराजित भएका थिँए । त्यसअघि तत्कालीन फोरम लोकतान्त्रिकका विजय गच्छदारसँग समेत डा. शेखर यसैं मोरङ ६ बाट पराजित भएका थिए । त्यसबेला माेरङ्ग ६ र सुनसरी ३ दुवै क्षेत्रबाट चुनाव जितेका गच्छदारले माेरङ्गकाे क्षेत्र ६ भने छाेडेका थिए । लगतै माेरङ्ग ६मा भएकाे उपनिर्वाचनमा फोरम लोकतान्त्रिककाेतर्फबाट उम्मेदवार बनेका चुमनारायण तबदारलाई भने डा. शेखरले पराजित गरेका थिएँ ।
गठबन्धनमा परेको मोरङको ४ नं. निर्वाचन क्षेत्र माओवादी केन्द्र र ५ नं. चाहीँ जसपाको हिस्सामा परेको सूत्र दावी गर्छ ।