विराटनगर, कार्तिक ६
निरज बस्नेत
मोरङ–५ (ख) अन्र्तगत आम मतदाता माझ जयराम यादव लोकप्रिय बन्दैं गईरहेका छन् । प्रदेश १ सरकारका बहालवाला स्वास्थ्य मन्त्री समेत रहेका यादवले नै यो पाली चुनाव जित्ने ५(ख)का केही मतदाता दावी गर्छन् । जनसमर्थन नियाल्दा यादवकाे जनआधार बढ्दै गएकाे इंगित गर्दछ ।
यस क्षेत्रमा उनकाे प्रमुख प्रतिश्प्रर्धी नेपाली काग्रेसका केन्द्र सदस्य अमृत अर्याल हुन् । यसअघिको ७४ को केन्द्रको चुनावमा माओवादी केन्द्रका शिवकुमार मण्डलसँग मोरङ–५ बाट अर्याल पराजित भएका थिए । यस भेगका मतदाताहरु अर्यालकाे केहि स्वाभावदेखि आजित छन् । देखापर्दा चेपारे घसेर हरकोहीलाई डार्लिङ भन्दैं उनी अङ्गालाे हाल्ने गर्छन्। अङ्गालाे हाली अगाडी जे पनि हुन्छ–हुन्छ भन्ने, तर व्यवहारमा केही लछारपाटो नलाउने क्षेत्रवासीकाे गुनासाे छ ।
अर्काेतर्फ कांग्रेस पार्टीमा समेत अर्याल देउवा गुटका रुपमा चिनिन्छन् । पछिल्लो स्थानीय चुनावमा विराटनगरबाट मेयरको लागि गर्नु सम्म लविङ गरे । तर, अर्यालको केही सिप चलेन । त्यहाँपनि उनकाे इतरसँग खटपट मात्र बढ्याे, जसकाे प्रभाव याे चुनावमा पर्ने राजनितिक वृतमा आकंलन गरिदैँ छ ।
मोरङको राजनीति हमेशा शेखरकै वरिपरि चलेकाे छ। यही कटू सत्य हो । यता अर्यालको शेखरसँग पानीवारको शीतयूद्द छ । शेखर उपस्थित कार्यक्रममा अक्सर अर्याल जाँदैनन् । यस्तै गुट–उपगूटले थिलथिलो कांग्रेसमा अर्याललाई इतर कांग्रेसीबाट सहयाेग पाउन ग्राहाे छ ।
मंसीर–४ गते हुने निर्वाचनका लागि अमृत मोरङ–४ मोरङ–५ दुई क्षेत्रवाट प्रतिनिधि सभाका लागि सिफारिस भएका थिए। तर शेखरसँगै राम्रो सम्वन्ध स्थापित गर्न नसकेको कारण प्रदेशमा खुम्चिनु पर्यो । त्यहीपनि अर्याल आफू चुनाव जित्ने र मुख्यमन्त्रीसम्म हुने समेत दावी गरिरहेका छन्।