२७ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
Gold Silver Price (26 chaitra 2081, TUE)
Fine Gold 1 Tola NRs. 173900
Silver 1 Tola Nrs. 1845

मनमोहन प्राविधिक विश्वविधालय स्नातक तहको विधार्थी भर्ना अभियान

Logo
प्रकाशित बिहिबार, कार्तिक १७, २०७९

विराटनगर, कार्तिक १७
निरज बस्नेत
बुढीगंगा गाउँपालिका हातीमूढामा रहेको मनमोहन प्राविधिक विश्वविधालयमा स्नातक तहको भर्ना खुलेको छ । यस भर्ना अभियानको जानकारी दिन विहीवार विश्वविधालयकै हातामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराईएको हो ।

शैंक्षिक सत्र २०७८–२०७९ मा स्कूल अफ इन्जिनियरिङ अन्र्तगत स्नातक तहको बी. ई. एन.सिभिल इन्जिनियरिङ र बी. ई. ईन. इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ कार्यक्रमहरुमा क्रमशः ४८ र २४ सिटमा भर्ना लिइएको थियो ।

शैक्षिक सत्र २०७९ – २०८० का लागि भनेर बी. ई. एन. सिभिल इन्जिनियरिङ र बी. ई. ईन. ईलेक्ट्रीकल एण्ड ईलेक्ट्रोनिक्स इन्जिनियरिङ कार्यक्रमहरुमा क्रमशः ४८ र २४ सिटमा भर्ना लिईने लक्ष्य रहेको छ । जसका लागि प्रवेश परिक्षा दिनुपर्ने हुन्छ ।

यसका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा जिव विज्ञान विषयमा प्रवीणता तह, उच्च माध्यमिक तह, ए लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परिक्षामा कुल पूर्णाङको कम्तीमा ४५ प्रतिशत अंक प्राप्त गरी फिजिक्स, केमेस्ट्री र गणितमा कम्तीमा ४५ प्रतिशत ल्याई उतीर्ण हुनु पर्नेछ ।

त्यस्तैगरी विकल्पमा लेटर गे्रडिङ भएमा एनईबी को हकमा सवै विषयहरुमा फाईनल ग्रेडमा न्यूनतम सी ग्रेड प्राप्त गरी फिजिक्स, केमेस्ट्री र गणितमा कम्तीमा सी ल्याएको हुनुपर्नेछ । प्रविणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तहमा जिवविज्ञान विषय लिने विधार्थीले छुट्टै गणित विषय लिई कम्तिमा ४५ प्रतिशत वा सी ग्रेड ल्याई फिजिक्स, केमेस्ट्री र गणितमा कम्तिमा ४५ प्रतिशत भएको हुनु पर्नेछ ।

आरक्षणतिर २७ र २४ रहेका छन् । खुला कोटा २१ र ९ हो । शूल्कतर्फ सिभिल इन्जिनियरिङ पढ्न ४ बर्षका लागि ५ लाख ८५ हजार लाग्छ । भर्नाको समयमा लिइएको १० हजार धरौटी चाहीँ पछि फिर्ता हुन्छ । स्कूल अफ इन्जिनियरिङ, स्नातक तहको छात्रवृतिसम्वन्धी जेहेन्दार तर्फ ४८ र २४ दुवैमा एक एक हुनेछ । पूर्ण छात्रवृति निड वेस्डतिर ४ र २ हो, यो पनि ४८ र २४ को सिटभित्र हो । सहुलियत छात्रवृतितर्फ ४८ र २४ मा ४ र २ नै हो । यी सवैको हकमा अर्ध वार्षिक शुल्कमा लागू गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]