०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

दोषी ठहर भए कति वर्षका लागी जेल जान्छन् रवि ?

Logo
प्रकाशित सोमबार, भाद्र ०२, २०७६

विराटनगर, भाद्र २
संचारकर्मी लामेछानेको प्रसंशक थुप्रै छन् त्यतिकै आलोचक पनि । एकातर्फ प्रसंशकहरु लामेछाने निर्दोष भएको भन्दै तत्काल उनको ससम्मान रिहाईको माग गरिरहेका छन् भने अर्कोतर्फ आलोचकहरु लामेछाने नै दोषी भएको भन्दै कडाभन्दा कडा कारवाही गर्न माग गरिरहेका छन् । सर्मथक भन्छन् बाईज्जत बरी गर । विपक्षी भन्छन् अजिवन करावास गर ।
पक्ष विपक्षले आआफनो धारणा बनाईरहदा कानुनले के भन्छ त्यो बुझन् जरुरी छ किनेभने उनालाई दण्डसजाय कानुन अनुसार हुने हो न की कसैको धारणा अनुसार ।
के भन्छ कानुनले ?
रवि लामिछाने, उनका सहकर्मी युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन अन्तर्गतको मुद्दा परेको छ । उनीहरुलाई हत्याको अभियोग लागेको होईन तर उनका विपक्षीहरु लामेछानेले नै हत्या गरेको झैं गरी आजिवन कारवासी हुनुपर्ने माग गरिरहेका छन् । यदि उनीहरुलाई लागेको आरोप पुष्टी भयो भने पनी उनीहरु हत्यारा नभएर आत्माहत्याको कारक मात्र ठहरिनेछन् ।
मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसुुैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराएको पुष्टि भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
यदी आदालतवाट रवि, युवराज र अस्मिता देषी ठहर भएको खण्डमा उनीहरुलाई यस मुद्दा अन्र्तगत अधिक्तम पाँच वर्षसम्म मात्र कैद हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]