०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

लायन्स तथा लियोको पदस्थापना कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, कार्तिक २१, २०७९

विराटनगर, कार्तिक २१
निरज बस्नेत

विराटनगरको नमस्ते रिजेन्सीमा आईतवार लायन्स तथा लियो क्लवको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । ५२ औं ऐतिहासिक नाम दिईएको यो कार्यक्रमका प्रमुख अतिथिमा इन्टालेशन अफिसर लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ सि नेपालका डिष्ट्रीक्ट गभर्नर लायन. धीरज गुरुङ रहेका थिएँ ।

कार्यक्रममा लायनमा आवद्दतता भएकाकाहरुले कार्यक्रमको अन्तिम सत्र सम्म निरन्तर रुपमा शुभकामना मन्तव्य राखेका थिएँ । सयौं लायनहरुको कार्यक्रममा गर्विलो उपस्थिती रहेको थियो ।

लायन. चाँद बाबु ईराकीले अन्तिम खण्डमा बडो शालिनताले कार्यक्रम प्रस्तुत गरेका थिएँ । समारोहलाई विधिवत् कल टू अर्डर, सभाका सभापति लायन प्रकाश भक्त जोशीले गरेका थिएँ । यसैं कार्यक्रममा जोशीले सन् २०२२–२०२३ का लागि आफ्नो लायन्स विराटनगर अध्यक्ष पदस्थापना विधिवत् रुपमा लायन विजय सुरानालाई हस्तान्तरण गरे ।

राष्ट्रिय गान सयौं थुंगा , बाट औंपचारिकता पाएको यस कार्यक्रमले विश्व शान्तिको लागि १ मिनेट सवै उठी मौनधारण समेत गर्यो । लियो क्लव अफ विराटनगरकी अध्यक्ष लियो अंकिता श्रेष्ठले आउटगोईङ प्रेसिडेन्ट स्पिस व्यक्त गरिन् । कार्यक्रमको बीचमा रमाईलो गाना गैरी खेतमा एक युवतीले राम्रो नृत्य प्रस्तुत गरिन् ।

साथमा ईन्डक्सन एवं ईन्स्टालेशन कार्यक्रम सिलसिलावद्दले सम्पन्न भयो । विराटनगरको कंचनवारीमा रहेका एक र कटहरीमा रहेको अर्को एक विधालयका विधार्थीलाई छात्रवृती प्रदान गरियो । कार्यक्रममा लायन्स क्लव अफ विराटनगरका संस्थापक सदस्य एवं ब्राण्ड एम्वेस्डर लायन मुलचन्द राठी एम जे एफ , पास्ट डिष्ट्रिक्ट गभर्नरहरु, फस्र्ट लेडी लायन रेखा गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]