०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

प्रदेश १ मा लगातार ३ दिन सार्वजनिक विदा

Logo
प्रकाशित बिहिबार, कार्तिक २४, २०७९

विराटनगर, कार्तिक २४
निरज बस्नेत
प्रदेश १ मा आजबाट लगातार ३ दिन सार्वजनिक विदा हुने भएँको छ ।

विहीवार आज, प्रदेशका वन, वातावरण मन्त्रीको निधनमा विदा दिईएको छ । भोली शुक्रवार, फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक विदा हो । यो जयन्ती प्रदेश १ मा किरात धर्मावलम्वीहरुले भव्यताका साथमा मनाउँछन् । त्यस्तैगरी पर्सि शनिवार स्वतः विदा हुनै नै भयो ।

बुधवार प्रदेश नं. १ का वहालवाला मन्त्री कांग्रेस नेता शेखरचन्द्र थापाको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएँको थियो । हिजो नै मन्त्रीको दाहसंस्कार सम्पन्न भईसकेको छ । विगत एकमहिना अगाडी मन्त्री थापालाई डेंगु भएको थियो । बीचमा फेरी निमोनिया भएको हो । दुवै रोगले च्यापेपछि मन्त्री थापा भित्रभित्रै बाट केही समय अगाडी देखी नै गलिसकेका थिएँ । परिणाम हिजो निधन भयो ।

यता किरात धर्म मान्नेहरुले बडो श्रद्दापूर्वक फाल्गुनन्द जयन्ती मनाउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]