विराटनगर, कार्तिक २७
निरज बस्नेत
मोरङ–६ का लौरो अभियानका उम्मेदवार टेक बहादुर अधिकारी मतदातामाँझ लोकप्रिय बन्दै गईरहेका छन् । विराटनगरका वडाहरु, ४, ५, ६, ७, ९, ११ र १२ सवैका घर–घरमा अधिकारी पुग्दा प्रायः जसोले राम्रो रेस्पोन्स दिएँका छन् ।
यता बुढीगंगा गाउँपालिकामा पनि हरेक तह तप्काका मानिसहरुबाट अधिकारीलाई एककदम अगाडी रुचाईएको देखिदैंछ ।
त्यस्तैगरी सुन्दरहरैंचामा पर्ने, मोरङ–६ का वडाहरुवाट सकारात्मक प्रतिक्रिया प्राप्त हुदैंछन् । देशकै चर्चित क्षेत्रमध्यको एक मोरङ–६ मा लौरो अभियानको यो क्रमले अझैपनि उँचाई लिदै जाने हो, भने मंसीर–४ पछिको परिणाम सुखद आउँला यसै आँकलन गर्न सकिन्छ ।