३० चैत्र २०८१, आइतबार
13-04-2025 , Sun
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

विराटनगरमा न्यूरो अस्पताल एवं लायन्स–लियोको संयुक्त आयोजनामा निशूल्क मधुमेह जाँच तथा परामर्श कार्यक्रम

Logo
प्रकाशित सोमबार, कार्तिक २८, २०७९

विराटनगर, कार्तिक २८
निरज बस्नेत
आज १४ नोवेम्वर, अर्थात विश्व मधुमेह दिवस हो ।

यही सन्दर्भमा विराटनगरमा निशूल्क मधुमेह जाँच तथा परामर्श कार्यक्रम सम्पन्न भएँको छ । जहँदा रोड विराटनगरमा अवस्थित न्यूरो अस्पताल एवं लायन्स–लियो क्लवको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएँको हो ।

बढीमा १ सय जनाले यो हेल्थ क्याम्पवाट सोमवार निशूल्क जाँच तथा परामर्श लिएँका थिएँ । यसलाई भोली मंगलवार समेत एकदिन निरन्तरता दिने कुराको जानकारी यस कार्यक्रमका संयोजक भारत श्रेष्ठले दिएँ । कार्यक्रममा, लायन्स क्लव विराटनगरका अध्यक्ष लायन विजय सुराना, लायन फूलकुमार लालवानी, लायन चाँद वावु ईराकी लगायत अन्य लायन सदस्यहरुको समेत उपस्थित रहेको थियो । त्यस्तैगरी न्यूरो अस्पतालका अध्यक्ष डा. वीरेन्द्र कुमार विष्ट पनि सहभागी रहेका थिएँ ।

उमेर २९ देखी ८९ सम्मका व्यक्तिहरु यस निशूल्क जाँचमा उपचारका लागि आएँका थिएँ । विराटनगरदेखी ईलाम सम्मकाले लाभ उठाएँ । कार्यक्रममा न्यूरो अस्पतालका अन्य डाक्टरहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको अन्तिम सत्रमा लायन्स–लियो क्लवले समाजका केही प्रतिष्ठित महानुभावहरुलाई दोसल्ला आढाई सम्मान पनि गर्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]