१६ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

सुनसरी–३ बाट गच्छेदारले ह्याट्रिक विजय गर्लान् त ?

Logo
प्रकाशित सोमबार, कार्तिक २८, २०७९

विराटनगर, कार्तिक २८
निरज बस्नेत
विजय कुमार गच्छेदार, नेपाली राजनीतिका धुरन्धर खेलाडी मानिन्छन् । यिनले सुनसरीबाट पटक–पटक चुनाव जितेका छन् । विजयको ईतिहास गर्विलो छ ।

वास्ववमै नेपाली राजनीतिमा यिनको भूमिका अतुलनिय रहँदै आएको छ । पटक–पटक मन्त्री देखी उपप्रधानमन्त्री समेत भईसक्दा यिनले देश र जनताका खातिर धेरैपटक महत्वपूर्ण कामहरु देखिनेगरी गरेका छन् । यो पटक पुन ः सुनसरी–३ बाट विजयको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले विजयलाई अन्तिम पटक मौका दिएँको छ । यिनी स्वंयम् यो कुरा स्वीकार्दे भन्छन्, यसपटक–अन्तिम पटक । नेपाली कांग्रेस हुदै बीचमा कांग्रेस छोडी फोरम लोकतान्त्रिक पार्टी खडा गरेका यिनी अहिले पुन ः कांग्रेसमै फर्किएका छन् ।

आफ्नै घर फर्किएकोमा विजय गर्व गर्छन् । यिनको प्रतिद्दन्दीमा एमालेकी उम्मेदवार भगवती चौधरी रहेकी छिन् । यिनै भगवतीलाई विजयले २ पटक यसै क्षेत्रवाट हराईसकेका छन् । आसन्न मंसीर–४ को चुनावमा हराई विजय फेरी प्रतिनिधि सभा हलमा ह्याट्रिक ईन्ट्री मार्न चाहन्छन् । यो सरसर्ती हेर्दा संभव पनि हुन सक्दछ । यस क्षेत्रका मतदाताले फेरी पनि एकपटक विजयलाई मौका दिन सक्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]