०६ कार्तिक २०८१, मंगलबार
22-10-2024 , Tue

राष्ट्रिय ध्वजाबाहक अब सिधै जापान

Logo
प्रकाशित मंगलबार, भाद्र ०३, २०७६

काठमाडौं, भदौ ३
राष्ट्रिय ध्वजाबाहक अब जापान पनि उड्ने भएको छ । नेपाल एयरलाईन्सको एक विमान यही भदौ १२ गते पहिलो पटक जहाज काठमाडाबाट जापनको ओशकाका लागी उड्ने छ । उड्नको सम्पुर्ण तयारी गरिसकेको निगमले यतिबेला बढीभन्दा बढी यात्रुको प्रतीक्षामा गरिरहेको छ ।
नेपाल एयरलाईन्सका अनुसार मंगलबारसम्म करीव ९० सीट काठमाडौं–ओशाकाका लागि बुक भइसकेका छन् । यस रुटमा निगमले वाइडबडी ए३३०–२०० जहाज उडाउँदैछ ।
नेपाल एयरलाइन्सले यसअघि पनि विमान ओशाकासम्म पुर्याईसकेको छ । निगमका अनुसार ३० अक्टोवर १९९४ मा नेपाल एयरलाइन्सको जहाज पहिलो पटक जापान पुगेको थियो । तर त्यसबेला चीनको सांघाइलाई टन्जिट बनाउदै विमान ओशाका पुग्ने गरेका थियो । तर यसपटक भने नेपाल एयारलाईन्स सिधा जापानको ओशाकका अवतरण गर्ने छ ।
बिभिन्न वायुसेवा कम्पनीले नेपाल–जापान दुईतर्फी भाडा १ लाखदेखि सवा १ लाख रुपैयाँ लिने गरेका छन् । निगमले भने सेप्टेम्बर महिनाभरसस्तो मूल्यमा जापानमा सेवा दिँदैछ । दुईतर्फी भाडा ७५ हजार रुपैयाँ तोकिएको छ । यो प्रवद्र्धनात्मक भाडा रहेको र केवल एक महिना मात्र यस्तो मूल्यमा उडान गर्न पाइने निगमको भनाई रहेको छ ।
काठमाडौं ओशाकाको लागी सातामा तिन उडा्न गराउने निगमको तयारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,६  कात्तिक ।  नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले भने, ‘पार्टीको केन्द्रीय भवन निर्माण सन्दर्भका […]

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]