३० चैत्र २०८१, आइतबार
13-04-2025 , Sun
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

कोशी अस्पतालमा मनपरी–ठेकेदार लापत्ता

Logo
प्रकाशित बुधबार, मंसिर १४, २०७९

विराटनगर, मंसीर १४
निरज बस्नेत
विराटनगरमा अवस्थित कोशी अस्पतालमा अक्सर मनपरी भईनैरहन्छ । नयाँ भवनमा यस्तै लापर्वाही देखिएँको छ । यहाँस्थित अस्पतालको नयाँ भवनमा चरम बेथिती देखिएँको छ ।

सुविधासम्पन्न भवनको ठेक्का पाएँको ठेकेदार कम्पनी सम्पर्कविहीन बनिदिदा निर्माणाधीन भवन निर्माण कार्य अलपत्र परेको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरले काम रोकेर लापत्ता भएको ठेकेदार कम्पनीको संझौता रद्द गरेर कारवाही प्रक्रिया अगाडी बढाउँने तयारी गरेको छ । अव, समयमा भवन नबन्ने निश्चित प्रायः छ ।

एकाईले निर्माण कम्पनीलाई ५ पटकसम्म पत्राचार गरिसक्दा समेत वेवास्ता गरेको छ । कोशी अस्पतालको नयाँ भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैंयामा ठेक्का खुलाएँको थियो ।

 

रमन भूमि, बि. आई. पी. एल. जेभीले ३३ करोड २२ लाख ९ सय ११ रुपैंया ३३ पैंसामा ठेक्का लिएँको हो । यस जेभीले ठेक्का प्राप्त पश्चात २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन एकाईसँग संझौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठलाई ल्याएँर शिलान्यास गरेको थिँयो । शिलान्यास गरेको ९ महिनापछि निर्माणको काम गर्दागर्दे निर्माण कम्पनीका संचालक लापत्ता छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]

काठमाडौँ ,२२ माघ ।  सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दैछ। यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न […]