०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

पुष्पा अलविदा

Logo
प्रकाशित बुधबार, मंसिर २१, २०७९

विराटनगर, मंसीर २१
निरज बस्नेत
आर्थिक प्रशासनमा मास्टर्स–डिग्री होल्डर , उमेरले भर्खर २७ की कलिली , केही गरौ खालको अद्भूत समय , राम्रीमा असाध्यै राम्री , यस्ती होनहार महिला पुष्पा न्यौपानेको अल्पायुमै दुःखद निधन भएको छ ।

पुष्पाले आफैंलाई आगो लगाएर आत्मदाह गरेकी छिन् । सायद उपरवालालाई समेत राम्रो मान्छे मात्र प्यारो लाग्छ ।

पुष्पाको परिवार व्यवसायिक परिवार हो । यिनी केल्मी नेपालकी अप्रेसन ईन्चार्जको रुपमा कार्यरत थिईन् । व्यवसायिक रुपमा सफल पुष्पालाई आईलागेको पारिवारिक झमेलाले संसारबाटै अन्ततः चँुडेर लग्यो ।

प्रकृति पनि कति निर्दयी । आइतवार साँझ ७ बजेको समयमा धुम्वराहीस्थित पिपलबोट नजिकमा एक घरको सामुन्नेमा पुष्पाको शरीर जलिरहेको अवस्थामा फेला परेको हो । पछि कीर्तिपुर अस्पतालमा उपचारका क्रममा पुष्पाको मृत्यु हुन पुगेको हो । पुष्पाले आफ्नो शरीरमा आफैले पेट्रोल छर्केर आत्मदाह गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

पुष्पाको सुधन संग्रौलासँग प्रेम बसी पछि दुवै परिवारको राजीखुसीमा विवाह हुने निर्णय भई केही समय अगाडी समेत ईङ्जमेन्ट भएको थियो । पछि केटा पक्षले एकतर्फी रुपमा विवाह हुन नसक्ने बताएपछि घटनाले यो डरलाग्दो रुप लियो । यसक्रममा पुष्पाले आत्मदाह गर्न पुगिन् । यस घटना हुनु केही समय अगाडी देखि नै पुष्पालाई सुधन लगायत सुधनको परिवारले निकै नै मानसिक यातना समेत दिने गरेको कुरा प्रहरीको अनुशन्धानको क्रममा खुलेको हो ।

मृतक न्यौपानेको परिवारले सुधनसहित उनका बुवा दिनेश, आमा बिन्दू र दाइ मधु विरुद्द आत्महत्या दुरुत्साहन गरेको कसूरमा किटानी जाहेरी दिएको छ । जाहेरीको आधारमा प्रहरीले आरोपी सवैलाई नियन्त्रणमा लिएको थियो । पछि म्याद थपका क्रममा अदालतले सुधनलाई मात्र थुनामा राखेर अनुशन्धान गर्ने अनुमती दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]