३० चैत्र २०८१, आइतबार
13-04-2025 , Sun
Gold Silver Price (29 chaitra 2081, FRI)
Fine Gold 1 Tola NRs. 185500
Silver 1 Tola Nrs. 1920

हाजी आँखा अस्पताल संचालनमा

Logo
प्रकाशित मंगलबार, मंसिर २७, २०७९

विराटनगर, मंसिर २७

विराटनगर १४ रानीमा १० करोड लगानीमा हाजी आँखा अस्पताल संचालनमा आएको छ । ५० शैय्याको साे अस्पताल साेमबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले उद्घाटन गरेका थिए ।

अत्याधुनिक उपकरणहरू जडान गरिएको आँखा अस्पतालमा इटाली र जर्मन प्रविधीबाट आँखाको शल्यक्रिया हुने बताईएकाे छ । आधुनिक उपकरणहरुबाट अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण उपचार हुने अस्पतालले जानकारी दिएकाे छ । अस्पतालमा दुई जना नेत्ररोग विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीहरू खटाइने अस्पतालकाे याेजना छ । जसमा ३० जना पेरामेडिकल रहेका छन् ।

ओपीडिमा दैनिक २ सय जना विरामी हेर्न सक्ने क्षमताको जनशक्ति र संरचना रहेको हस्पिटलको क्षेत्रफल कुल ९ कठ्ठा रहेको छ । जसमध्ये ४ कठ्ठा क्षेत्रफलमा हस्पिटलको संरचना रहेको छ । चाँडै ४ सय शैय्यामा हस्पिटल विस्तार गर्ने योजना रहेको संस्थापक संचालक तेजलाल कर्णले जानकारी दिए । हस्पिटल उद्घाटन गरिएको अवसर पारेर मंसिर २९ गतेसम्म ओपीडि निःशुल्क र ल्याबमा ५० प्रतिशत छुटको घोषणा गरिएको उनले बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,३० चैत । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो। स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक […]

विराटनगर, चैत्र २८ गते । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भई हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]