०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

गृष्म श्रेष्ठ भए विराट एक्स्पो सिङ्गिङ आइड

Logo
प्रकाशित शुक्रबार, पुष ०८, २०७९

विराटनगर, पुस ८
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा आयोजना गरिएको ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् ।
१ सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिङ्गिङ अइडल’को उपाधि जितेका हुन् । बुधबार सम्पन्न भएको आइडलको फाइनल राउण्डमा ६ जना प्रतिस्पर्धी छनोट भएका थिए । छनोट भएका ६ जनामा महिलाको सहभागिता नभएपछि महिलाहरुमध्ये अन्तिम समयसम्म आएकी नेहा खड्कालाई सहभागी गराइएको थियो ।

सिङ्गिङ आइडलको फष्ट रनरअप फुर्व तामाङ र सेकेण्ड रनरअप रमननाथ अधिकारी भएका छन् भने नितेश आले मगर, रोहन तिम्सिना र अभिषेक काफ्लेले कुनै उपाधि जित्न सकेनन् । विजताहरुले क्रमशः ५१ हजार, ३१ हजार र १५ हजार रुपैयाँका साथै विभिन्न गिफ्टह्यापर प्राप्त गरेको छन् ।
सिङ्गिङ आइडलको फाइनल राउण्डको निर्णायक टोलीमा गायिका इन्दिरा जोशी, सुमित खड्का र सुमन श्रेष्ठ रहेका थिए । दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहँदै आएको छ । साँगीतिक साँझमा सबै उमेर समूहको बाक्लो उपस्थिति हुने गरेको छ । शुक्रबार नेपालको चर्चित ब्याण्ड ‘दि एलिमेन्टस ब्याण्ड’को प्रस्तुति रहने छ । शनिबार आशिष लामा (लाहुरे)को प्रस्तुति रहने आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

एक्स्पोमा नेपाल भारतका अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहँदै आएको छ । एक्स्पो अवलोकन गर्न आउनेहरुका लागि खाद्यान्न, प्लाष्टिक, सवारीसाधनलगायतमा छुटको व्यवस्था गरिएका कारण समय थपिँदासमेत धेरै जना आएको आयोजकले जनाएकोछ छ ।
यसैबीच पुस १० सम्म आयोजना हुने एक्पोमा अवलोकनकर्ताहरुको सहजताका लागि दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]