०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

विराटनगरका उद्यमी हस्तीको साझेदारीमा साढे दुई अर्वको लगानीमा दुहवीमा डण्डी उद्योग स्थापना

Logo
प्रकाशित शनिबार, पुष ०९, २०७९

विराटचौक, पुष ९
निरज बस्नेत
दुई अर्व ५० करोडको लगानीमा सुनसरीको दुहवीमा नयाँ डण्डी उद्योग संचालनमा आएको छ । यससम्वन्धि जानकारी शुक्रवार विराटचोकमा आयोजित पत्रकार सम्मेलनका क्रममा दिइएको हो ।

दुहवी नगरपालिका–१ मा खुलेको यो स्वस्तिक रोलिङ मिलमा विराटनगरका उद्यमी हस्तीहरु, रमेश राठी, राजकुमार गोल्छा, जीवन रिजाल र गुड्डु खानको लगानी रहेको बताइएको छ ।

यस रोलिङ मिलमा रडको बिलेटको समेत काम हुनेगरी संचालनमा ल्याइएको हो । यो उद्योग कोरोनाकालपछि खुलेको ठूलो उद्योग रहेको संचालकमध्येका एक रमेश राठी बताउँछन् । अर्का संचालक राजकुमार गोल्छाका अनुसार बजरङ ब्राण्डमा टीएमटी छड, बिलेट, एङल च्यानल र आई बिम उत्पादन गरेर बजारमा पठाइसकिएको छ । यसले परिक्षण उत्पादनकाल पूरा गरेर नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेको अर्का संचालक जीवन रिजालले बताएँ ।

सरकारको मापदण्डभित्र रहेको यस उद्योगको क्षमता ५ सय टन रहेको संचालक गुड्डु खानले जानकारी गराएँ । यस उद्योगले विशेषगरी टीएमटी छड चाही बढी उत्पादन गर्नेमा सवै साझेदारहरु एकमत छन् । उद्योगले ७ एमएम देखी ३२ एमएमसम्मका टीएमटी छड उत्पादन गर्नेछ । छडमा ग्रिपिड उच्चस्तरको रहेको छ । यसले मसला बलियोसँग समात्छ । र, लचकदार समेत हुने छ ।

यो रड ५ सय ग्रेडको हुन्छ । यूरोपियन टेक्नोलोजीको भएकाले पूर्णतया अटोमेटिक प्रणालीमा आधारित रहेको पत्रकार सम्मेलनकका क्रममा जानकारी गराइयो । तौलको समानता र गुणस्तरमा एकरुपता रहेको तथा प्रयोगशालाको स्पेक्ट्रो मेसिनले केमिकल परिक्षण गरेपछि डण्डी उत्पादन गरिने हुँदा यो भरपर्दो हुनजान्छ ।

कम्पनीले भारतको टाटा स्टिलवाट कच्चा आयात गर्नेछ । स्पन्च आयात गरी नेपालमा स्क्राब्ब प्रयोग गरिने भएको छ । यस मिलले अहिले ६० प्रतिशत उत्पादन गरिरहेकोमा माघबाट शतप्रतिशत हुने संचालक राठी दावी गर्छन् । यसमा दैनिक ३ सय जनाले रोजगार पाइरहेका छन् । आगामी माघबाट ६ सयले रोजगार पाउने संचालक रिजाल बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]