०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

विराटनगरबाट मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, पुष १७, २०७९

निरज बस्नेत
विराटनगर, पुष १७
विराटनगर महानगरपालिका–९ बाट ३ जना मोटरसाइकल चोरी गर्ने पक्राउ परेका छन् । सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मोरङ प्रहरी प्रवक्ता टिका कार्कीले दिएँ ।

विराटनगर–९ ठाकुरवाडी रोडबाट यी ३ जना चोरहरु पक्राउ परेका हुन् । गत पुष १४ गते साँझमा मोटरसाइकल चोरी भएको थियो । पक्राउ पर्नेमा मोरङ धनपालथान–७ का २१ बर्षिया रविन राजवंशी, बुढीगंगा–७ का २५ बर्षिया पन्चदेव खवास र विराटनगर–१९ का २१ बर्षिया विकेश खवास रहेका छन् ।

यी ३ जनाले प्रदेश नं. ०१–०२–०४२ प ३७७७ नम्वरको मोटरसाइकल चोरी गरेर फरार भएका थिएँ । ३ जनालाई नै जिप्रकाको टोलीले मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुशन्धान सुरु गरेको डीएसपी कार्कीले जानकारी दिएका छन् । तिनैजना विरुद्द मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]