०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

बर्जु महोत्सव २०७९ को तयारी अन्तिम चरणमा..

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९

निरज बस्नेत
बर्जु, पुष २०
बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडी सुनसरीको आयोजनामा चौथो बर्जु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बर्जु सामुदायिक विकास केन्द्रका अध्यक्ष श्रवण चौधरीले बताएँ ।

चौधरीका अनुसार यो महोत्सव बर्जु ताल एरिया १ नं. गेट छेउमा आउँदो पुष २२ देखी माघ ३ गतेसम्म लाग्नेछ ।

बर्जुको चिमडीमा लाग्ने यो महोत्सवमा दर्जनौ कलाकारहरुको जोडदार प्रस्तुती रहने कुराको जानकारी समेत अध्यक्ष चौधरीले दिएँ । उनका अनुसार कलाकारको जम्वो टोलीमा, मोडल प्रिती पासवानको मुख्य प्रस्तुती रहने छ ।

साथमा, ज्योती मगर, संदीप क्षेत्री, सविना श्रेष्ठ, सुस्मिता श्रेष्ठ, रागिनी चाम्लिङ राई, रोजिना राना मगर, प्रकाश माझी, जिवन चौधरी, राजेन्द्र चौधरी, देवकृष्ण विश्वास, प्रेम गनगाई, मुस्कान चौधरी,लगायतको धमाकेदार प्रस्तुती रहने छ ।

महोत्सवको आकर्षणको रुपमा, कुस्ती खेललाई समेत समावेश गरिएको, आयोजक समितिका अध्यक्ष चौधरीले जानकारी गराएका छन् । अध्यक्ष चौधरीका अनुसार, नेपाली तथा भारती पहलमानहरुको सहभागितामा कुस्ती खेल संचालन गरिनेछ ।

जसअन्र्तगत, नेपाली पहलमानहरुमा, देवा थापा, पारस थापा, वसन्त थापा, शंकर थापा, लगायत हुनेछन् ।

भारतीय पहलमानमा, बाबा फकिर र शैतान सिंहको सहभागिता रहने समेत चौधरीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, वैशाख ८ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। लामिछानेकी श्रीमती निकिता पौडेलले आइतबार उनलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्च अदालत प्रशासनका अनुसार आज यस निवेदनको प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ। […]

विराटनगर,१ बैशाख । साेमबारबाट विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका […]

विराटनगर, चैत ३१ ।  पत्रकार तारा आचार्य सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छिन्। प्रदेशको दोस्रो अधिवेशनबाट उनीकाे नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ। आचार्य हाल पत्रकार महासंघ मोरङकी उपाध्यक्षको पदमा कार्यरत छिन्। नवनिर्वाचित समितिमा सुनसरीकी रुमा रिजाल उपाध्यक्ष, मोरङकी जुनु भट्टराई महासचिव, सुनसरीकी सुप्रिया राई सचिव र मोरङकी कविता घिमिरे […]