०७ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed

३५ बिपन्न परिवारलाई न्यानो लुगा वितरण

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९

दिनेश खड्का

विराटनगर, पुष २४
रोट्रयाक्ट क्लब अफ बिराटनगरले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै न्यानो लुगा वितरण गरेको छ ।

शनिवार नयाँ वर्षकाे पुर्वसन्ध्यामा क्लबका पूर्व अध्यक्ष रोहित रौनियार, प्रेम पारक, अन्शु निरौला, अनिल रौनियार लगायतले बिराटनगरका आसपासका बस्तीमा पुगेर गरिब, विपन्न एवम् अशक्तहरुलाई न्यानो लुगा वितरण गरेका हुन् ।

बिराटनगर महानगरपालिका वडा नम्बर १२ बखरीका ३५ बिपन्न परिवारलाई न्यानो लुगा वितरण गरिएको हो । बिराटनगरका थोक कपडा बिक्रेताहरुको सहयोगमा उपलब्ध कपडा विभिन्न उमेर समूहका व्यक्तिहरुलाई वितरण गरिएको हो ।

यसअघि बिराटनगर ७ स्थित माया छात्राबासमा पनि चिसो मौसममा लगाउन बाक्लो मोजा वितरण गरिएको थियो । साथै आगामी दिनमा पनि क्लबले सामाजिक कार्यलाई निरन्तरता दिने क्लबका कोषाध्यक्ष प्रेम पारखले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ३ कात्तिक ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा उनलाई आज पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोहीबमोजिम बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनी पक्राउ परेका हुन् । शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर […]

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। […]

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका […]