३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
Gold Silver Price (28 Fagun 2081, THU)
Fine Gold 1 Tola NRs. 171000
Silver 1 Tola Nrs. 2015

युनियनकाे प्रदेश अध्यक्षमा तीन जनाकाे दावी

Logo
प्रकाशित मंगलबार, माघ ०३, २०७९

विराटनगर , पुष ३

विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार विराटनगरमा युनियन सम्बद्ध पत्रकारहरुको भेला आयोजना गरी लुइँटेलले उमेदवारी घोषणा गरेका हुन् ।

दुई दशकअघि पत्रकारिता शुरु गरेका लुइँटेलले यसअघि युनियनको मोरङ जिल्ला अध्यक्षकाे रुपमा काम गरिसकेका छन् । उनी हाल बाह्रखरी डटकममा आवद्ध छन् । पत्रकार लुइटेल पार्टीकाे इतर खेमातिर छन् ।

इतर खेमाबाटै विराटनगरका आर्का पत्रकार मिनकुमार नवाेदितले समेत अध्यक्ष पदमा उमेदवारी दिने तयारी गरेका छन् । उनले सार्वजनिक रुपमा हालसम्म उमेदवारी घाेषणा  गरेका छैनन् तर युनियनका प्रभावशाली नेताहरुसँग उनले प्रस्ताव राखिसकेकाे बुझिएकाे छ । त्यसैगरी संस्थापन खेमाबाट अध्यक्ष पदमा सुनसरीकाे पवन अधिकारीले उमेदवारी दिने तयारी गरेका छन् । संस्थापन खेमाबाट अध्यक्षमा हालसम्म आर्काे उमेदवारी देखिएकाे छैन ।

युनियनको माग १३ र १४ गते विराटनगरमा प्रदेश अधिवेशन हुँदैछ। प्रदेश अधिवेशनमा २ सय ७८ जना प्रतिनिधिको सहभागिता रहने छ । अधिवेशबाट २९ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २८। खानेपानी संस्थान विराटनगरबाट वितरित पानीमा लेदो र धमिलोपन देखिएपछि विराटनगर-४ का स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका छन्। विराेधका लागी स्थानीयहरुले लेदोयुक्त पानी बोकेरै वडा कार्यालय अगाडि प्रदर्शन गरेका थिए। स्थानीयहरूले वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरूलाई यही पानी पिउन लगाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए।  स्थानीय अगुवा त्रिलोचन गौतमका […]