१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

सामाजिक संजालभरि रविको चर्को विरोध

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९

निरज बस्नेत
विराटनगर, माघ ४
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चर्को विरोध सामाजिक संजालभरि शुरु भएको देखिन्छ ।

टेलिभिजनमा रहँदा विकृती र विसंगतिको डटेर विरोध गर्ने रवि आज सत्तामा पुगेपछि सत्तालिप्सामै केन्द्रित भएको आम बुझाई रहेको पाइएको छ ।

जुनै जोगी आएतापनि कानै चिरेका, यो उखान रविको हकमा व्यवहारतः आज लागू भएको हो की यस्तै चर्चा बजारभरि सुनिन्छ । वास्तवमै रविको अनि उनको पार्टी रास्वपाको अन्तिम लक्ष्य सत्तालिप्सा नै हो त ? यस्तै यस्तै गाइँगुइँ छ ।

नागरिताको विषयमा रविको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सोही मन्त्रालय गृहमा रवि मन्त्री भएर जानुलाई रहस्मय भनिएको छ ।

यता मंगलवार विस्तारित मन्त्रिमण्डलमा रास्वपाका उपसभापति डोल प्रसाद उपाध्यायलाई श्रममन्त्री बनाइनुलाई झन् अर्को रहस्यमय घटनाको रुपमा चित्रण गरिदैंछ ।

डोल प्रसाद आफै म्यानपावर व्यवसायसँग आवद्दता भएका व्यक्ति हुन् । डोललाई मन्त्री बनाइनुमा रविको एकल निर्णय भएको थियो । यस विषयमा पार्टीमा रविले कसैकोपनि राय नलिएको बुझिन्छ ।

आशा गरिएकी विद्दान डा. तोसिमा कार्कीलाई स्वास्थ्य जस्तो फूल मन्त्री नबनाएर राज्यमन्त्रीमै सिमित गरिनु रविको झन् बढ्ता गलत कदम मानिदै पार्टीभित्रै चर्को आलोचना हुदैछ ।

विगतमा टेलिभिजनमा रहँदा यति धेरै उपप्रधानमन्त्री किन चाहियो भन्दै घाँटीको नशा सुक्ने गरी चर्को स्वरमा कराउने रवि अहिले आफुसहित चारजना उपप्रधानमन्त्री भइसक्दा पनि किन चुँइक्क केही बोल्दैनन् ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]

विराटनगर, फागुन २४ । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुबेदी निर्वाचित भएका छन्। बेलबारी नगरपालिका वडा नं. ३ का सुबेदीले ३२९ मत प्राप्त गरी जिल्ला सदस्यमा निर्वाचित भएका हुन्। सुबेदी बेलबारी नगरपालिका वडा नं. ३ मा दुई कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका थिए। उनी सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन्। सुबेदी बेलबारी […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]