०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
Gold Silver Price (8 BAI 2082, MON)
Fine Gold 1 Tola NRs. 191500
Silver 1 Tola Nrs. 1975

विराटनगर, उर्लाबारी र विर्तामोडमा लगालग महोत्सव

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

निरज बस्नेत, खेम पौडेल
विर्तामोड, माघ ८
नेपालको पुर्वी दक्षिणी भेगमा रहेको व्यापारीक नगरहरु मोरङको विराटनगर, उर्लाबारी र झापाको विर्तामोडमा लगालग ठुल्ठूला औद्योगिक तथा व्यापारीक मेला आयोजना हुदैछ ।

विराटनगरमा नेपाल उद्योग परिसंघ (सिएनआई)ले माघ १९ गते देखि २८ गतेसम्म सिएनआई कोशी एक्स्पोको आयोजान गर्दै छ । त्यसैरी उर्लावारी नगरपालिकामा माघ २१ देखी औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव – २०७९ को अयोजना हुदैछ । आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अनुसार यो महोत्सव ९ दिनसम्म संचालन हुने बताईएको छ ।
त्यसैगरी झापाको विर्तामोडमा पनि बिर्तामोड उद्योग वाणिज्य संघले फागुनको पहिलो साता बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना गर्ने तयारी गरेको छ । यो महोत्सव फागुन ५ गतेदेखि १५ गतेसम्म चल्ने बताईएको छ ।

विराटनगर र विर्तामोडमा हुन लागिएको महोत्सवलाई अन्तर्राष्ट्रियस्तरको भनिएको छ र उर्लावारी हुने महोत्सवलाई  आयोजकले प्रादेशिकस्तरको महोत्सव भनेको छ । विराटनगरमा हुने सिएनआई एक्स्पोमा ३५०, उर्लाबारीमा हुने महोत्सव मा १७० , र विर्तामोडमा हुने महोत्सवमा २५० व्यापारीक स्टलहरु रहने बताईएको छ ।

तिनै महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यापारीक स्टल हरुको समेत सहभागिता रहनेछ । त्यसैगरी यी महेत्सवहरुमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, फेसनसो तथा विविध सांस्कृतिक कार्यक्रम रहने बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सावधान: सेयर बजार जोखिमपूर्ण क्षेत्र भएकोले लगानी गर्नुअघि  गहन अध्ययन गर्नुहोस् । कुनै ब्रोकर, व्यक्ति, समाचार वा बजारमा चल्ने होहल्लाको भरमा लगानी गर्दा अत्यन्त जोखिमपूर्ण परिणाम भोग्नुपर्ने हुन सक्छ। विराटनगर, माघ २६ । विराटनगरमा शुभकामना सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ। विराटनगर-२ शनिहाटमा स्थापित यस शाखाले सेयर बजारसम्बन्धी सम्पूर्ण सेवाहरू एकै छानामुनि […]

काठमाडौँ ,२२ चैत ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको मूल्यले नेपाली सुनचाँदी बजारमा कीर्तिमान कायम गरेकोमा शुक्रबार फेरि घटेको हो । यस्तै चाँदीको मूल्य […]

विराटनगर ,२९ माघ । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाँच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । केही किसान र स्थानिय व्यवसायीको सम्लग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । जुन अत्याधुनिक र नेपालका कृषकका लागि एउटा महत्वपूर्ण कृषि सामाग्री भनिएको छ । यो मेसिन विराटनगर भन्सार कार्यालय परिसर […]